पूर्व सभामुख महराको मुद्दामा साक्षीहरुको बकपत्र सुरु

काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती गर्ने प्रयास गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आज(आइतबार)देखि दुवैतर्फका साक्षीहरुको बकपत्र सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिरराज पौडेलको इजलाशमा साक्षीहरुको बकपत्र सुरु भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासले यही मंसीर ६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

पाण्डे उच्च अदालतको न्यायाधीश भएर गएपछि पौडेलको इजलासमा बकपत्र सुरु गरिएको हो । साक्षीहरुको बकपत्र भोलि(सोमबार) पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस