हेटौंडामा देखाइयो ‘प्रजातन्त्रका लागि अपहरण’

काठमाडौं ।  गिरिजाप्रसाद कोइराला(जीपी) फाउन्डेसन मकवानपुरले पूर्व प्रधानमन्त्री एवम् प्रजातान्त्रिक योद्धा स्वर्गीय गिरिजा प्रसाद कोइरालाको जीवनमा आधारित ‘प्रजातन्त्रका लागि अपहरण’ नामक बृत्तचित्र हेटौडामा देखाइएको छ ।

सो अवसरमा नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तीका लागि वि.स.२०३० मा बिमान अपहरण गर्दाको घटना समेटिएको बृत्तचित्र प्रदर्शनी र गिरिजा प्रसाद कोइरालाले प्रजातन्त्र प्राप्तीका लागि खेलेको भूमिकाबारे स्मरण पनि गरियो । बृत्तचित्र पत्रकार जगत नेपालले निर्माण गरेका हुन ।

सोही अवसर पारेर जीपी फाउन्डेसनको कार्यालय उद्घाटन पनि गरिएको छ । फाउन्डेसनकी केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री सुजाता कोइरालाले कार्यालयको उद्घाटन गरेकी हुन ।

कार्यक्रममा फाउन्डेशनको ३ नम्बर प्रदेश संयोजक रिता खनाललगायत, रामचन्द्र अर्याल माइकल, विष्णु लामिछाने, प्रदिप कोइराला, हेटौँडा उपमहानगर–४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल सहित जिल्लाका युवा नेताहरु भीमसेन महत, ईश्वर पाठक, इन्दिरा न्यौपाने, अन्जना उपाध्याय लगायतको सहभागिता थियो ।

फाउन्डेशनका सचिव रामहरी तिमल्सिनाले सन्चालन गरेको कार्यक्रममा फाउन्डेशनका जिल्ला संयोजक नारायण लम्सालको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस