सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको शव प्राप्त, घाइतेहरुलाई अस्पताल पठाइयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

स्थानीय पत्रकार चित्र मिजार सुनकोशी गाउँपालिका ७ स्वाँरामा बस दुर्घटनामा परेको हो । कालिञ्चोक तीर्थ यात्रा गएर गाडी रिजर्भ गरेर फर्कदै गरेका भक्तपुरका यात्रीहरु रहेको बताइएको छ ।

घटनास्थलबाट १२ जनाको शव निकालिएको छ । गम्भीर घाइतेहरुको उद्दार जारी रहेको छ । थुप्रै गम्भीर घाइते रहेका छन् । ३० जना भन्दा बढी रहेको बस दुर्घटना परेको हो ।

नेपाली सेना, सशस्त्र र जनपद प्रहरीका साथै स्थानीयले उद्दार गरिरहेका छन् । घाइतेहरुको स्थानीय जनबहार अस्पतालदेखि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस