नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा घिमिरे निर्वाचित

दाङ :- नेपाल बार एसोसिएशन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार निकटतम प्रतिद्वन्दी ऋषिराज न्यौपानेलाई ४ मतान्तरले पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् ।
उनले ६२ मत प्राप्त गरेका थिए। भने न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा मणिराज आचार्यले ६० मत ल्याएर बिजय भएका छन् । उनका निकटतम प्रतिद्वन्दी ठाकुरप्रसाद ओलीले ५९ मत ल्याएका थिए । नेकपा र कांग्रेसनिकट कानून ब्यवसायीहरुको आधारिक प्यानलका उम्मेदवारलाई हराउँदै बिद्रोही प्यानलबाट अध्यक्ष र उपाध्यक्षबाट विजयी भएका हुन् । त्यस्तै सचिबमा भने नेकपा र कांग्रेसको आधिकारिक प्यानलका सञ्जय कुमार केसीले ७० मत ल्याएर बिजय भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नारायण प्रसाद डाँगीले ४९ मत ल्याएका थिए । त्यस्तै कोषाध्यक्षमा आधिकारिक प्यानलका ठाकुरप्रसाद गिरीले ६४ मत ल्याएर बिजयी हाँसिल गरेका छन्, भने उनका निकटम प्रतिद्वन्दी प्रेमबहादुर ओलीले ५१ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्यहरुमा हरि बेलबासेले ५६, नारायणप्रसाद रिजालले ५६, भरत न्यौपानेले ५६, निर्मलेधरी दाहालले ७५, निर्मला सुवेदीले ६७, ओमभक्ता डाँगीले ५८, अच्यूतराज न्यौपानेले ६० मत ल्याएर बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस