नेपाली केटालाई विदेशबाट ह्याकरको विहे प्रस्ताव

काठमाडौं । दुई बर्षअघि मकवानपुरका राहुल शर्मा (नाम परिवर्तन) लाई एक अपरिचित युवतीले विदेशबाट भाइबरमा सम्पर्क गरिन ।

नचिनेको नम्बरबाट भाइबरमा सन्देश आएपछि राहुल सुरुमा चासो दिएनन् । ती युवतीले उनलाई पुनः सन्देश पठाइन ।

‘म स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डोनेसियाको कर्मचारी हुँ, मेरा आफन्त सेलिङ सुमनका नाममा बैंकमा ८ करोड यूएस डलर छ, सुमनाले निधन भएका कारण बैंकको रकम झिक्न पाएको छैन । मलाई तपाइँको हेल्प चाहिएको छ,’ विदेशी महिलाबाट यस्तो सन्देश पाएपछि राहुल दंग । लोभिए । अनि भाइबरमै ती युवतीलाई जवाफ पठाए,‘यसमा म तपाईलाई के सहयोग गर्न सक्छु ?’

युवतीले तुरुन्तै लेखिन, ‘तपाई बैंकमा भएको सुमनको प्रोपर्टी दाबी गर्न यहाँ आउनुपर्‍यो, यसका लागि ‘सेलिङ अफ सुमन एट जिमेल डटकम’ ठेगानाको इमेल खाता खोल्नुपर्छ ।’

युवतीको आग्रहमा राहुलले नयाँ इमेल खाता खोले । भाइबर र इमेलमा दुई जनाबीच इन्डोनेसियाको बैंकमा भएको रकमबारे कुराकानी हुन थाल्यो ।

ती युवतीले नेपाल आएर राहुलसँग विहे गर्ने अनि पक्रिया पुर्‍याएर फर्किने बाचा गरिन ।

प्रतिक्रिया दिनुहोस