प्रदेश ५ मा अस्पतालका पदाधिकारी र महिला सदस्य नियुक्त

बुटवल । प्रदेश पाँच सरकारले केही अस्पतालका पदाधिकारी र महिला सदस्य नियुक्त गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रीपरिषद बैठकले प्रदेशको वर्दियास्थित बर्दिया अस्पतालको अध्यक्षमा गुलरिया ६ का अंगद श्रेष्ठलाई नियुक्त गरेको छ ।

यसै अस्पतालको महिला सदस्यमा मोहनकुमारी फुयाल (मिथिला) नियुक्त गरेको छ ।

यसैगरी पाल्पा अस्पताल तानसेनको अध्यक्षमा तानसेन १४ का नेत्रप्रसाद पाण्डे र महिला सदस्यमा सुशिलादेवी श्रेष्ठलाई नियुक्त गरेको छ भने रामपुर अस्पताल पाल्पाको अध्यक्षमा रामपुर ३ का वासुदेव शर्मा भट्टराई र महिला सदस्यमा इश्वरीदेवी खनाललाई नियुक्त गरेको छ ।

पृथ्वीचन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेललाई नियुक्त गरेको छ । यस्तै मन्त्री लिला गिरीका अनुसार बैठकले विज्ञापन कर सम्वन्धी निर्णय गरेको छ ।

यस सम्वन्धी कर स्थानीय तहले उठाउने र करको ६० प्रतिशत स्थानीय तहले राख्ने तथा ४० प्रतिशत प्रदेशलाई पठाउनुपर्ने प्रावधान राखिएको छ ।

त्यस्तै बैठकले रुपन्देही र बाँकेमा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस