काठमाडौं । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति राजेश साहको घरमा राखिएको बम बम विस्फोटमा परी प्रहरी निरीक्षक(इन्चपेक्टर) अमिर दाहालसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बम राखिएको थाहा पाउनसाथ प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुग्ना साथ बम बिस्फोट हुँदा दाहालसहित प्रहरी जवान रिजनाथ महतोको मृत्यु भएको जनाइएको छ ।
त्यस्तै स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको सहायक प्रहरी प्रवक्ता अशोक ऐरले जानकारी दिए ।
विस्फोटमा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो । थप विवरण आउन बाँकी छ ।