सुनसरी :- नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार सन्तोष काफ्लेलाई कुटपिट गर्ने ६ जना विरुद्ध शरीर अंगभंग ऐनअन्र्तगत मुद्धा चलाईएको छ । बुधवार समाचार संकलन गर्न ढिलो आएको भन्दै सल्लेरी बचत तथा ऋण सहकारी संस्थाबाट पीडित भएका बचतकर्ताहरुले काफ्लेलाई मरनाशन्न हुने गरि कुटपित गरेका थिए ।
कुटपिटमा संलग्न धरान ३ का नरशे शाही, धरान १५ का तुलसी प्रसाद विक, धरान ४ का दिपक राई र संगिता राईलाई पक्राउ गरिएको छ । अन्य दुईजनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
आक्रमणकारीको कुटाई बाट घाईते भएका पत्रकार काफ्लेको देब्रे आखाँ, नाक र छातीमा गंभिर चोट लागेको छ । उनको आखाको नली कटिएकाले बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछी थप उपचारका लागि विराटनगर आखा अस्पताल भर्ना गरिएको छ ।
पत्रकार काफ्लेमाथी आक्रमण गर्ने ६ जना विरुद्ध शरीर अंगभंग ऐनअन्र्तगत मुद्धा दर्ता गरी कार्वाहि पक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए । शुक्रवार काफ्लेले आफुमाथी आक्रमण गर्ने ६ जना विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन् ।
पत्रकार काफ्ले माथी भएको आक्रमणको नेपाल पत्रकार महासंघ सुनसरीले प्रेस विज्ञप्ती प्रकाशित गरि विरोध जनाएको छ । महासंघका सचिव हिमाल दाहालले हस्ताक्षर गरेको विज्ञप्तीमा आक्रमणकारीलाई कडा कार्वाहि र पत्रकारहरुलाई शान्तिपूर्वक काम गर्ने बाताबरण मिलाउन सरकारसंग माग गरिएको छ ।