‘सेल्फीकिङ्ग’ को ’जाली रुमाल’बोलक गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं :-   अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फीकिङ्ग’पोष्टर र टिजर पछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ ।

लोक शैलीको गीतमा सेल्फी किङ्गउर्फ विपिनसँगै केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् । कथा अनुसार नै फिल्ममा आउने गीतमा कार्यक्रमको माहोललाई देखाइएको छ । गाउँमाआयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । ’जाली रुमाल’बोलको गीतमा बि पाण्डेको शब्द , सुभाष भुषालको संगीत रहेको छ भने यसमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ ।

गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेकाहुन् । सोलुको सल्लेरीमा छायाँकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हाँस्य कलाकारको रुपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भएपनि देखिन तयार भएकी हुन् । ‘सेल्फीकिङ्ग’नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ ।

ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेकाहुन् । उनको यो डेब्यु फिल्महो । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन । गतवर्षको सफल फिल्म ‘प्रसाद’कानिर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसलाई निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस