पत्रकार सन्तोष काफ्लेको आक्रमण प्रती मिडिया नेपालको गम्भीर ध्यानाकर्षण

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र :-
नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा न्युज 24 का टिभी पत्रकार सन्तोष काफ्ले माथी भएको आक्रमणको घटना प्रति मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ। कार्यक्रममा समाचार संकलन गर्न ढिलो पुगेको भन्दै निज काफ्ले माथी धरानमा आक्रमण भएको थियो।
सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता संघर्ष समितिका नरेश शाही र दिपक राई लगाएतको समुहले बिहिवार उनी माथी आक्रमण गरेको र निजको नाकमा गहिरो चोट लागेको जनाइएको छ।
पत्रकार काफ्लेको यो आक्रमणले पनि देशमा पत्रकारहरुको सुरक्षा माथी नै प्रश्न चिन्ह उठेको भन्दै मिडिया नेपालले प्रेस बिज्ञपति मार्फत सो घटना निन्दनीय रहेको बताएको छ। प्रेसको संबैधानिक अधिकारको सम्मान गर्दै निर्बाद र भयरहित काम गर्ने वातावरण सिर्जना गर्न घटनाका दोषीलाई तत्काल प्रकाउ घरी कानुनी कार्बाही गर्न प्रशासन सङ्ग आफुहरुको माग रहेको मिडिया नेपाल नम्बर प्रदेश कमिटीका अध्यक्ष बिजय कुमार राउतले बताएका छन।

उनका अनुसार पत्रकार माथी आक्रमण हुनु भनेको देशमा प्रेसको सुरक्षा छैन भन्नू जस्तै भएकाले यस्तो घटनाको विरुद्धमा सबै लाग्नु पर्छ। उनी भन्छन “मिडिया नेपाल र मेरो ब्यतिगत तर्फबाट पनि यो घटनाको सहि सत्य बाहिर आओस र दोषीलाई कानुनी कार्बाही होस भन्ने माग राख्दछौ।” साथै उनले उपचाररत पत्रकार काफ्लेलाई शिघ्र स्वास्थ लाभको काममा समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस