केशरसिंह श्रेष्ठ स्मृति फुटबल प्रतियोगीताको फाइनलमा राप्ती क्लव र फुर्सेखाली युवा क्लव भिड्ने

कमल पोख्रेल/दाङ :-
दाङको घोराहीमा जारी दोस्रो केशरसिह श्रेष्ठ स्मृति आमन्त्रण फुटबल प्रतियोगीताको फाइनलमा राप्ती क्लव र फुर्सेखाली युवा क्लव पुगेका छन् । नवलपुर खेल मैदानमा आज भएका सेमीफाइनल खेलबाट राप्ती र फुर्सेखाली फाइनल पुगेका हुन् ।
मंसिर १४ गतेदेखि सुरु भएको प्रतियोगीता अन्तर्गत आज भएको पहिलो सेमीफाइनल खेलमा युएनबिसीलाई ३—० गोल अन्तरले हराउँदै फुर्सेखालीले फाइनलको यात्रा तय गरेको हो भने साबिक बिजेता राप्ती क्लवले तुलसीपुरको एसएसएफएलाई ३—२ गोल अन्तरले हराउँदै फाइनल प्रबेश गरेको हो ।
फाइनल खेल मंसिर २८ गते शनिबार हुने भएको छ । फुर्सेखाली पहिलो पटक फाइनलमा पुगेको छ भने राप्ती क्लबले दोस्रो पटक उपाधिका लागि फाइनल यात्रा तय गरेको छ ।
प्रतियोगीतामा जिल्लाका १२ वटा फुटबल क्लवको सहभागीता रहेको थियो । नवलपुर युवा क्लबको आयोजनामा प्रतियोगीता सञ्चालन भएको हो । आगामी शनिवार २ बजे फाईनल खेल हुदैछ ।

प्रतिक्रिया दिनुहोस