प्रदेश १ मा भोलि सार्वजनिक बिदा

सन्जिब कार्की/भद्रपुर : प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिइएको छ।प्रदेश-१ सरकारले उधौँली पर्व, ज्यापू दिवस, यामरि पुन्ही र धन्य पूर्णिमाको अवसरमा प्रदेशभरका १४ जिल्लामा सार्वजनिक बिदा दिइएको हो।प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी बिदा दिने उल्लेख गरिसकेको छ। बिहीबार प्रदेश मातहत रहेका सम्पूर्ण स्थानीय तह, शिक्षण संस्था र निकायहरूमा बिदा रहनेछ। संघीय सरकारअन्तर्गत रहेका अन्य कार्यालय खुल्ला रहने जनाइएको छ।झापा, मोरङ, सुनसरीसहित पूर्वी पहाडी जिल्लामा जिल्लामा चासोक तङ्नाम धुमधामका साथ मनाउने चलन छ।

प्रतिक्रिया दिनुहोस