भागवत भट्टराई/दाङ :- नेसनल प्यावसन का केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीले निजी विद्यालयहरुले शिक्षित दक्ष जनशक्ति उत्पादन गरेर कुनै अपराध नगरेको बताएका छन् ।
लाइसेन्स दिएर मदिरा र गुटका बेच्न पाइने तर जनतालाई शिक्षित बनाउन हिँडेका निजी विद्यालयहरुलाई आयु तोक्नु ,विभिन्न बहाना बनाई पटक-पटक निजी विद्यालयहरुलाई मानसिक यातना दिनु दुर्भाग्य भएको बताएका छन् ।उनले आफूले सदैव राज्यलाई शिक्षित र समुन्नत राष्ट्र निर्माणमा सहयोग पुर्याएको भन्दै निजी क्षेत्रको योगदानलाई कुल्चेर अगाडि बढ्न खोज्नु आफै खुट्टा मा बन्चरो हान्ने काम हुने बताए।
तुलसीपुर उपमहानगर शिक्षा प्रमुख भास्करराज गौतमले निजी विद्यालय सञ्चालकहरुलाई कतिपनि विचलित नभएर विद्यालय सञ्चालन गर्न अनुरोध गरेका छन । सामुदायिक विद्यालयहरुलाई नै व्यवस्थित गर्न नसकिरहेको अवस्थामा निजी विद्यालयहरुल सिध्याउन खोज्नु गलतहुनेबताएका छन।गौतमले सबैको उद्देश्य शैक्षिक क्षेत्रमा कसरी गुणस्तर वृद्धि गर्ने भन्ने भएकाले राज्यको ठूलो भार थेगेको निजीक्षेत्रलाई अंकुश लगाउन खोज्नु मुर्खता हुने बताए।आफू सामुदायिक र संस्थागत विद्यालयको हितमा रहेको भन्दै गौतमले घरखेत बेचेर विद्यालय सञ्चालन गरेका न्यून शुल्क लिएर शिक्षित जनशक्ति उत्पादन गर्नेहरुका लागि अन्याय नगरिने बताए।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा प्याब्सनका सल्लाकार नारायणप्रसाद अधिकारी रिपाेटर्सक्लव प्रदेश नम्बर ५ का अध्यक्ष शरद रेग्मी तुलसीपुर नगरजेसिजका अध्यक्ष मेघराज घिमिरे लगायतले निजीक्षेत्रलाई हतोत्साहित पार्ने भन्दा हातेमालो गर्दै शैक्षिक गुणस्तर कायम गर्ने मुद्दामा एक भएर लाग्न प्रोत्साहन दिनुपर्ने मा जाेड दिए। तुलसीपुर एन प्याब्सनका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालयहरूको संस्थापक सञ्चालक प्रिन्सिपल लगायतको उत्साहजनक सहभागिता रहेको थियो ।सो कार्यक्रममा शिक्षा पत्रकार प्रकृति अधिकारी ले नेपालको शैक्षिक अवस्था पछिल्लो शैक्षिक नीति नेपालको शैक्षिक विकास क्रमका बारेमा चर्चा गरेका थिए। सो कार्यक्रमको सहजीकरण नगर सचिव मेघराज पोखरेलले गरेका थिए।