पत्रकारिता पढेर बेरोजगार हुनु पर्दैन

काठमाडौं :- सत्यनारायण उमाबि बिराटनगरका प्राचार्य धर्मानन्द खरेलसँग
पत्रकारिता शिक्षाको प्रबद्धनकालागि के गर्नु पर्ला ? पत्रकारितामा कत्तिको चुनौती छ। यस्तै बिषय सँग रहेर कुराकानी गरेका छौँ यो छोटो कुराकानी ।

कहिलेदेखी पत्रकारिता बिषय पढाउन सुरु गर्नुभएको हो ?
हामीले २०६५ देखी कक्षा ११ र १२ मा पत्रकारिता पढाउन थालेका हौ ।

बिद्यार्थीको आर्कषण कस्तो छ ?
राम्रो छ , हरेक बर्ष ३० देखी ४० जना बिद्यार्थी भर्ना भइरहेका छन ।

पत्रकारिता कमजोर बिद्यार्थीले मात्र पढछन होला नि ?
त्यसो हैन , कुन बिषय पढने भन्ने बिद्यार्थीको रुचिमा भरपर्ने बिषय हो । राम्रा बिद्यार्थीहरु पनि आएका छन , आउँछन । खास गरि हामीकहाँ बिद्यार्थी भन्दा पनि अभिभावकले बिषय छान्ने चलन छ । यसैले अभिभावकको चाहना पहिले छोराछोरी डाक्टर , ईन्जिनियर नै बनोस भन्ने छ अझै पनि । त्यसपछि तत्काल रोजगार पाउने कमर्स बिषय पढोस भन्ने चाहन्छन । तर अझै छोराछोरीलाई पत्रकारिता पढाउनुपर्छ भन्ने चाँही अलि चेतनाको बिकास नभएकै हो ।

भनेपछि पत्रकारितामा हुनुपर्ने जति अझै आर्कषण आइसकेको छैन ?
पक्कै पनि । तर यो आम बुझाईको समस्या हो । हामीले त के पायौ भने हाम्रो बिद्यालयबाट पत्रकारिता उत्तिर्ण गर्नेहरु कोही पनि बेरोजगार छैनन । धेरै त स्थानियस्तरबाट मुलधारको पत्रपत्रिका , टिभी रेडियोमा काम पनि गरिरहेको पाएका छौ । यो क्षेत्रमा सिद्धान्त बुझेको दक्ष जाँगरिलो जनशक्त्तिको धेरै खाँचो रहेछ । यसैले अव हामी सबैलाई पत्रकारिता पढनकालागि आब्हान पनि गछौ । हामी बिद्यार्थी र अभिभावकलाई भन्छौ , पत्रकारिता पढौ आत्मनिर्भर बनौ । मनेजमेन्ट , साईन्स मात्र फिल्ड हैन ।

पत्रकारितासँगै अर्को के बिषय पढन पाईन्छ तँपाईको बिद्यालयमा ?
हामीले पत्रकारितासँगै शिक्षा बिषयलाई पनि पढाउने गरेका छौ । पहिले समाजशास्त्र राखेका थियौ । तर त्यो अलि व्यवहारिक देखिएन । यसैले शिक्षालाई समाबेश गरेका हौ ।शिक्षा र पत्रकारितासँगै पढदा भोली शिक्षक हुन चाहनेहरुलाई पनि फाईदा पुग्ने छ । अझ पत्रकारिता गर्न चाहनेलाई त शिक्षा बिषयमै गहन खोज अनुसन्धान गर्न पनि सजिलो हुनेछ ।

पत्रकारिता शिक्षाको प्रबद्धनकालागि के गर्नु पर्ला ?
पहिलो त पत्रकारिता पेशा दुखदायी र पैसा नहुने खालको हो भनेर होचो पाराले बुझनु हुदैन । किनभने पत्रकारिता पेशा भनेकै उच्च दर्जाको हो । यसमा पैसा मात्र हैन सेवाको सन्तुष्टि पनि हुन्छ । जिम्मेबारी पनि हुन्छ । पत्रकारिताले चाँडो व्यक्त्वि बिकास पनि गराउँछ । तर रुचि नभएकोले यो पेशा गर्न चाँही गाह्रो हुन्छ । तर पत्रकारिता पढेर पत्रकारिता नै गर्नुपर्छ भन्ने पनि हुँदैन । पत्रकारिता पढेपछि प्रशस्त सरकारी र गैरसकारी सेवामा अन्य रोजगारका अवसरहरु पाईन्छन । पत्रकारिता पढेर अध्यापन प्राध्यापन पनि गर्न सकिन्छ ।

पत्रकारिता पढाई कतिको खर्चिलो हुन्छ ?
हुँदैन । सारै सस्तो हुन्छ । हाम्रो बिद्यालयमा करिब १५ हजार रुपैयामा बिद्यार्थीले कक्षा ११ र १२ उत्तिर्ण गर्न सक्छन ।

बिद्यालयमा अग्रेजी माध्यम पनि सुरु गर्नु भएछ , कस्तो छ बिद्यार्थी आर्कषण ?
राम्रो , धेरै राम्रो, हामीले यसैबर्षदेखी दिउँसोको सिफटमा अग्रेजी माध्यमको पढाई सुचारु गरेका हौ । तर, पनि बिद्यार्थीहरु कक्षा ६ देखी ९ सम्म दुई सय जना छन् ।

जनशक्ति कसरी पुर्ताल गर्नुभएको छ ?
खासै गाह्रो परेको छैन । धेरै हामी बिद्यालयकै शिक्षक खटेका छौ , केही शिक्षक बाहिरबाट पनि हायर गरेका छौ ।

निजी र सामुदायिकमा अग्रेजी माध्यमको पढाईमा के फरक छ ?
फरक केही छैन बस हामी अभिभावकको चाहना अनुसार सस्तो खर्चमा शिक्षा दिन्छौ , निजीमा हाम्रो भन्दा दोब्बर तेब्बर महंगो हुन्छ ।

पढाईमा पनि त फरक पर्दो हो नि ?
पर्दैन । हामीकहाँ पढने सबै शिक्षक दक्ष तालिमप्राप्त हुनुहुन्छ । निजीमा पढाउने पनि धेरै शिक्षकहरु सामुदायिकतिरकै त हुनुहुन्छ ।

निजी बिद्यालयले तँपाईहरुलाई सौता पसेको भनेका छन नि ?
कसैको सौता कोही पनि हैैन । शिक्षा समय अनुसारको चाहना हो । अभिभावकले चाहना गरेकोले नै हामीले अग्रेजी माध्यमको पढाई थालेका हौ । अव हामीले अँग्रेजी माध्यम थालेको भन्ने थाहा पाएपछी बिद्यार्थी हुरुरु भैहाले नि । निजी बिद्यालयले यो कुरा बुझनु पर्छ , कसैको किन आरिस गर्नु ?

नेपाली माध्यम पढाईरहेको स्कुलमा अग्रेजी माध्यम थप्नुभयो नेपाली माध्यम पढनेहरुलाईं बाधा पुग्दैन ?
पुग्दैन । हामीले दुई सिफटमा बिद्यालय सुचारु गरिरहेका छांै । बिहान नेपाली माध्यमका र दिउँसो अग्रेजी माध्यमका बिद्यार्थी अध्यन गर्छन ।

एउटै बिद्यालया दुई खालेको शिक्षा अलि नमिले जस्तो भएन र ?
भएन । हामीले राज्यको निति नियम अनुसार नै गरेका हौ । हमी कसैलाई काखा र पाखाको व्यवहार पनि गर्दैनौ । जहाँ सम्म चुनौतीका कुरा छन अव सरकारले प्रस्ट नीति ल्याउनु पर्छ । सामुदायिक बिद्यालयमा अँग्रेजी समाबेश गरेर एउटै पाठयक्रम हुने योजना पनि सरकारले ल्याउन सक्छ , समयको आबश्यकतालाई ख्याल गरेर ।

सरकारबाट कस्तो योजनाको आपेक्षा हो ?
अव सरकारले समयलाई आत्मसाथ गरेर सामुदायिक बिद्यालयलाई जेनेटर स्कुल बस दिने , भौतिक पुर्बाधार बनाईदिने , पुस्तकालय आधुनिक बनाईदिने र दक्ष शिक्षक र पर्याप्त शैक्षिक सामग्रीमा सहयोग गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस