कलेज र बिषय छनोटमै अल्मलिए विद्यार्थीहरू

बिष्णु निश्चल/काठमाडौं :-

“विद्यालयमा पढेका कुरा बिर्से पनि सिकेका कुरा नै शिक्षा हो ”, अल्बर्ट आइन्सटाइनले भनेका छन् । भखरै एसएलसीको नतिजा सार्वजनिक भएपछि उच्च शिक्षाको लागि  कुन कलेज र कुन विषय पढ्ने भनेर विद्यार्थीमा अन्योलता पनि बढेको छ । विद्यार्थीहरू दिनभर कलेज डुलेर बुक्लेट ब्रोसर लिन तथा छात्रवृत्तिको बार्गेनिङमा व्यस्त रहेका छन् । विशिष्ट श्रेणीमा पास हुने विद्यार्थीहरूको रोजाइ भनेको विज्ञान संकाय नै रहेको छ । प्रथम श्रेणीमा पास हुनेहरूको रोजाइ व्यवस्थापन संकायमा रहेको छ । विभिन्न कलेजमा गएर परामर्श लिए पनि  कहाँ पढ्ने भनेर निर्णय लिन ग्राहो परिरहेको र जहाँ गयो त्यहीँ राम्रो लाग्ने गरेकोले कलेज छनोटमा  विद्यार्थी अल्मलिएका छन् । समयमै सहि बिषय र कलेज छनोट गर्न नसक्दा बिधार्थीको रकम र समय दुबै खेरा जाने भएकोले यसमा बिधार्थी सचेत हुन जरुरी छ ।
उच्च माध्यमिक विद्यालयहरू विद्यार्थी तान्न तामझाम् गर्दै छन् । कतिपयले विज्ञान प्रदर्शनी, शैक्षिक मेला, विदेशी शिक्षा प्रणालीबारे परामर्शजस्ता क्रियाकलाप गर्न कस्सिएका छन् । शैक्षिक गुणस्तरको चिन्ताभन्दा पनि किशोरकिशोरीलाई तामझाम्मै भुलाउनेतर्फ कलेजहरू लागेका छन् यतिबेला । कतिपय कलेजले पुरानो नाममा छवि निर्माण गर्न नसकेपछि नयाँ नाम फेरेर विद्यार्थी तान्न तम्सिएको पनि भेटिन्छ । विद्यार्थीमा उत्साहको साथै कहाँ र के पढ्ने भनेर एक प्रकारको अन्योलता पनि छाएको छ ।
सबैभन्दा सुरक्षित र राम्रो करियर कसरी बन्न सक्छ र त्यसको लागि उपयुक्त कलेज कुन हुन सक्छ भनेर छनोट गर्न कठीन भएको छ यसबारेमा विद्यार्थीसँगै अभिभावक समेत अन्योलमा छन् । अहिले नयाँनयाँ कलेज स्थापना हुने क्रम बढ्दो छ । यसले अस्वस्थ प्रतिस्पर्धा पनि बढिरहेको छ । पहिला कलेजमा परामर्शका लागि आउने विद्यार्थीहरू रिजल्ट  तथा वातावरण बुझ्न आउने गर्दथे । तर, अहिले ठूलो कलेज र आकर्षक विज्ञापनको पछि लागेको देखिन्छ । कलेजले विज्ञापनमा खर्च गरेको पैसाको भार अन्ततः विद्यार्थी तथा शिक्षकलाई परिरहेको छ ।  अधिकांश विद्यार्थीलाई कुन विषय र कुन कलेज पढ्ने भन्ने अन्योल छ । राम्रो अंक ल्याएर पास हुने अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई डाक्टर÷इन्जिनियर बनाउने सपना बोकेका हुन्छन् । छोराछोरीको रुचि केमा छ भन्नेबारे चाहिं ध्यान दिएकै हुँदैनन् ।
जब छोराछोरी एउटा स्तरमा पुग्छन्, तब उनीहरू बाबुआमाले रोजिदिएको यो बाटो छाडेर अर्कै बाटो लागेका घटना धेरै छन् । त्यतिबेला उनीहरू विज्ञान छाडि आफूले रुचाएको विषयतर्फ फकेका पनि छन् । समयमै सही विषय र कलेज छनोट गर्न नसक्दा विद्यार्थीको रकम र समय दुवै खेर जाने गरेको अनुभवी विद्यार्थीको भनाई छ । विज्ञानबाहेक अन्य विषयमा पनि करियर बनाउ सकिने उनीहरूको बुझाई छ । तर थाहा छैन, किन अभिभावक छोराछोरीले पढ्ने विषय लाद्न खोज्छन् ?
रुचि र आफूले पढेको विषय फरक भएपछि मन खुशी हुन नसक्ने अनुभव धेरैको छ । त्यही भएर एसएलसी पसा हुने विद्यार्थीलाई पहिलेदेखि नै परामर्श लिएर आफ्नो रुचि र लक्ष्यअनुसारको विषय छनौट गनु पदर्छ । विज्ञापनभन्दा पनि कलेजबाट उत्पादित जनशक्ति कहाँकहाँ छन् त्यसबारे विचार पु¥याउनुपर्ने हुन्छ । त्यहाँका पुराना विद्यार्थीसँग बुझेर मात्र भर्ना हुनु उत्तम हुने शिक्षा बिज्ञहरुको भनाई छ
कलेज छनौट गनु अघि
कलेज राम्रो हुनका लागि केही मूलभूत मापदण्ड पूरा गर्नुपर्छ । पहिलो, त्यहाँ पढाउने शिक्षकहरू कस्ता छन् भन्ने प्रमुख कुरा हो । शिक्षकहरूको योग्यता र अनुभवले ठूलो महत्व राख्छ । विज्ञान, वाणिज्य, मानविकी, शिक्षामध्ये आफूले संकाय रोज्ने हो त्यो निश्चित गर्नुपर्छ । त्यसपछि उच्चमाविमा आफूले छानेको विषय पढाउने शिक्षक फ्याकल्टी कस्तो छ भन्ने हेर्नुपर्छ ।
अहिलेको सूचना–प्रविधिको युगमा ‘शिक्षक फ्याकल्टी’ बारे पत्ता लगाउन गाह्रो छैन । कलेजको वेबसाइटमा गएर हे¥यो भने सजिलैसँग यस सम्बन्धि जानकारी लिन सकिन्छ । साथै भौतिक पूर्वाधार महत्वपूर्ण हो । उच्चमाविमा राम्रो पुस्तकाललय अतिआवश्यक हुन्छ । कक्षा १० सम्म त यहीँबाट प्रकाशन भएका पाठ्यपुस्तक पढेमा पर्याप्त हुन्छ तर, कक्षा ११ र १२ मा विशेषतः विज्ञानका लागि कतिपय पुस्तक विदेशबाट ल्याउनुपर्ने हुन्छ । त्यस्ता पुस्तक महँगो हुने भएकाले विद्यार्थीले किन्न व्यवहारिक पनि हुँदैन । त्यसैले उच्चमाविका लागि राम्रो तथा व्यवस्थित पुस्तकालय आवश्यक हुन्छ । विज्ञान संकायका लागि प्रयोगशाला अतिआवश्यक हुन्छ । प्रयोगशालाबिना विज्ञान विषयको पढाइ सम्भव हुँदैन । विद्यार्थी तथा अभिभावकले उच्चमाविमा गएर पुस्तकालय, प्रयोगशाला लगायत पूर्वाधारबारे आफैं जानकारी लिनुपर्छ ।
उच्चमाविका लागि अतिरिक्त क्रियाकलाप ज्यादै आवश्यक हुन्छ । अतिरिक्त क्रियाकलापको व्यापक क्षेत्र छ । विदेशका सबै शिक्षण संस्थाले पढाइसाथै अतिरक्ति क्रियाकलापलाई पनि प्राथमिकतासाथ राखेका हुन्छन् । एकोहोरो भयो भने सिकाइ रमाइलो हुन सक्दैन । पढाइका साथै खेलकुद, संगीत, नृत्य, हाजिरीजवाफ प्रतियोगिता लगायत क्रियाकलाप सञ्चालन गरिएमा पढाइ मनोरञ्जनात्मक बन्न सक्छ । विद्यार्थीमा पनि सिर्जनात्मक क्षमता विकास हुन सक्छ । सिर्जनशील विद्यार्थी मात्र देशको लागि उपयुक्त हुनसक्छ ।
उच्चमावि सञ्चालक कस्ता छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । सञ्चालकहरूको योग्यता, शैक्षिक क्षेत्रमा उनीहरूको अनुभव लगायत कुरा थाहा पाउनुपर्छ । विद्यालयले भए नभएका विषयहरू राखेर विज्ञापन गरिरहेको हुन्छन् । त्यसैले विज्ञापनको पछि लाग्नुभन्दा पनि आफैं सम्बन्धित उच्चमाविमा गएर शैक्षिक तथा भौतिक पूर्वाधारबारे बुझ्नुपर्छ । केही उच्चमाविले विद्यार्थी तान्न विज्ञापनमा विभिन्न वरिष्ठ व्यक्तिहरूलाई सल्लाहकारको रुपमा उभ्याउने, हुँदै नभएको भवनको फोटो राख्ने हुँदै नभएको फ्याकल्टीकोको नाम राख्ने लगायत काम गर्दै राख्ने लगायत काम गर्र्दै आएका छन् ।
विषय छनौट कसरी गर्नेे ?
२०५५÷ ५६ सालबाट नेपालमा उमावि स्थापनाले तीव्रता पाउन थालेपछि बिस्तारै यो क्षेत्र थप लगानी र आकर्षणको केन्द्र नै बन्न पुग्यो । त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह विस्थापित भएपछि नेपालको उच्च माध्यमिक शिक्षा अर्थात् प्लस टु उच्च शिक्षाका लागि निर्विकल्प खुडकिलो बन्न पुगेको छ ।
अहिले देशभर ३ हजार ३ सय ८३ उमाविमध्ये सामुदायिकतर्फ २ हजार ४ सय ९९ तथा निजीतर्फ ५ सय ८९, १ सय ५९ र क्याम्पसद्वारा सञ्चालित प्लस २ १ सय ३६ वटा छन् । शिक्षामा गरिएको लगानीको २३ प्रतिशत लगानी माध्यमिक तहमा छ । उच्च माध्यमिकमा ०.२ प्रतिशत मात्रै छ ।
सामाजिक प्रभावका दृष्टिले करिब दुई दशकअघिको स्थितिको तुलनामा आजको प्लस २ ले ठूलो फड्को मारेको छ । ए लेभल, आईबी तथा सीबीएससीजस्ता कार्यक्रमहरूले जनस्तरमा खासै प्रभाव कायम गर्न सकिरहेको छैनन् । परीक्षा शुल्ककै नाममा धेरै पैसा विदेश जाने तर मान्यता भने एउटै हुने भएकाले नेपालमै बसेर प्लस टुको अध्ययन गर्ने विद्यार्थीको संख्या बढदै छ ।
विज्ञान
धेरै विद्यार्थी तथा अभिभावकहरूको रोजाई विज्ञान हुनुका पछाडि भविष्यमा डाक्टर÷इन्जिनियर बन्ने लक्ष्य रहको हुन्छ । यद्यपि विज्ञान विषय त्यसमा मात्र सीमित छैन । यप्लस टुमा विज्ञान यस्तो विषय हो जुन पढेर उच्च शिक्षामा कुनै पनि संकायमा भर्ना हुन सकिन्छ । विशेष गरी भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, कम्प्युटर विज्ञानलगायतका विषयहरूको थप अध्ययनका लागि प्लस २ मा विज्ञान विषय जग नै हो ।
व्यवस्थापन
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लोकप्रियता हासिल गरेको विषय  ब्यबस्थापन हो । जागिरका अतिरिक्त आफैं  व्यवसाय सञ्चालन गर्न इच्छुक विद्यार्थीका आकषर्ण यसमा बढेको छ । देश विदेशमा यो विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई रोजगारीका प्रशस्त सम्भावनाहरू छन् । विशेषगरी बैंक तथा वित्तीय संस्थामा रोजगारी, आफ्नै व्यवसाय सञ्चालनमा पनि नयाँ तौरतरिकाको थालनी गर्न सक्ने क्षमता यसमा छ ।
शिक्षा
शिक्षक लाइसेन्सका लागि अनिवार्य शिक्षा विषय पढेको हुनुपर्ने  मापदण्ड छ ।  कक्षा १२ उत्तीर्ण शिक्षाशास्त्रका विद्यार्थीले निमावि तहको शिक्षण लाइसेन्स पाउँछन् । मुख्यतः शिक्षण पेसा तथा शिक्षा मन्त्रालय अन्तर्गत कार्य गर्न चाहने विद्यार्थीहरूले पढ्ने यो विषय नेपालका ग्रामीण क्षेत्रमा अत्याधुनिक प्रचलनमा रहेको पाइन्छ । गत वर्षको शिक्षामा कुल भर्ना तथ्यांकलाई आधार मान्दा यस संकायका ९० प्रतिशत विद्यार्थीहरू सामुदायिक विद्यालयमा अध्ययन गरेका छन् भने निजी तहमा १० प्रतिशत मात्र ।
मानविकी
मानविकीको अध्ययनलाई जीवन बाँच्ने कला सिकाउने शिक्षाको रूपमा पनि लिइन्छ ।  यसले देृश विदेशको जीवन भोगाईलाई विद्यार्थीमाझ छरिदिन्छ । त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउँदासम्म धेरैको पहँचको विषय बन्न सफल मानविकी प्लस २ आएपछि धेरै विद्यार्थीको प्राथमिकतामा परेको छैन । यो विषय अध्यापन गराउने शिक्षण संस्थाहरूको संख्या बर्सेनी घट्दै  गइरहेको छ । यस संकाय अन्तर्गत अंग्रेजी, नेपाली, पत्रकारिता, समाजशास्त्र, साहित्य, भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषयहरू छनोट गर्न पाइन्छ ।
कलेज कसरी छान्ने
एसएलसीपछि के पढ्ने र कस्तो प्लस टु छान्ने सबैभन्दा पहिला विद्यार्थीको रुचिमा भर पर्छ । विद्यार्थीले मेरा रुचि के हो ? र, त्यो विषय कुन उच्च माविमा छ भनेर हेर्नुपर्छ । रुचिसँग जोडिएर आउने कुरा माग हो । माग अनुसार रुचि बनाउन सकिन्छ । बजारमा कुन विषयको माग छ । रु, तिमध्ये कुन विषय आफूलाई उपयुक्त हुन्छ, त्यसमै रुचि लगाउने हो । वास्तवमा विद्यार्थीले खोज्ने भनेको ‘क्यारियर पथ’ हो । आफूले कुन विषयमा करियर बनाउन सक्छु भन्ने लाग्छ त्यसमै रहर गर्ने हो ।
एसएलसीपछि के विषय पढ्ने भन्नेबारे अधिकांश अभिभावकको इच्छामा भर पर्ने गरेको छ । डाक्टर, इन्जिनियर बन्न अभिभावकले नै प्रेरित गर्छन् । इच्छा बुझ्दैनन् । हामीसित शैक्षिक परामर्शको कमजोरी हो । हाम्रा अभिभावक छोराछोरीलाई जसरी पनि साइन्स पढाउन चाहन्छन् । महँगो शुल्क तिरेर पढाउन नसक्ने तर पढाउनै पर्ने धारणा राख्छन् । विद्यार्थीले पनि अभिभावककै आज्ञा पालना गर्छ । कक्षा ११ र १२ पास गर्न कम्तीमा एक डेढ लाख रुपैयाँ खर्च लाग्छ । साइन्स पढ्नका निम्ति दैनिक १८ घण्टा मेहनत गर्नुपर्छ । त्यसका निम्ति महँगो सामान चाहिन्छ । कतिपय अभिभावकहरू शुल्क छुट मात्र माग्दैनन् साथसाथै पार्टटाइम्अ जब गर्न पनि दबाब दिन्छन् ।  एसएलसी डिस्टिङ्सन ल्याएर साइन्स पढ्नेहरू अन्तमा गएर कक्षा १२ पास गर्न नसकेको पनि पाइन्छ । सेकेण्ड डिभिजनमा पास गरेकाले साइन्समा टप गरेका पनि छन् ।
विद्यार्थीले आफ्नो क्षमता र खुबी चिन्न जरुरी छ । डिस्टिङ्सन आयो भन्दैमा महँगो कलेज र साइन्स नै रोज्नु गल्ती पनि हुन सक्छ । आफ्नो आर्थिक हैसियत, सामाजिक स्तर, संस्कृतिको संवद्र्धन र विकास गर्न सक्ने हुन जरुरी छ । जसको कारण एकातिर मुलुकलाई चाहिने दक्ष जनशत्ति सधै अभाव छ  अर्कोतिर अप्राबिधीक बिषयको प्रमाण पत्र भने सधै जागिरको खोजिमा भौतारिरहेको यतार्थ हामी माझ छ तसर्थ प्राबिधिक क्षिक्षाको अध्यन  थाल्नु पनि एस एलसीको पास पछिको पढाईमा उपयुत्त हुन्छ ।
अव मानबिकी अध्यन गर्नेहरु सरकारी जागिरको प्रतिस्प्रधामा मात्र उपयुत्त हुन्छन शिक्षा पढेका शिक्षकमात्रै हुन्छन र  ब्यबस्गापन पढेका एकाउन्टेन मात्र भएर बस्नुपर्छ भन्ने मान्यता पुरानो भएको छ । तसर्थ जुन बिषय पढे पनि उत्कृष्ट बन्न सके हरेक क्षेत्रमा सफलता पाउन सकिन्छ ।
सबैको पहिलो रोजाइ
पेण्टागन कलेज कम्तीमा १५ वर्ष शिक्षण पेशामा संलग्न व्यक्तिहरूले स्थापना गरेको कलेज हो । कलेजले अभिभावकको विश्वास  जित्न सफल भएको कलेज हो । छोटो समयमै पेण्टागन नेपालकै ठूलो शैक्षिक संस्थाका रूपमा विकास भएको छ । त्यसैले एसएलसीमा ९० प्रतिशतभन्दा बढी प्राप्ताङ्क ल्याउने विद्यार्थीको पहिलो रोजाईमा पेण्टागन पर्ने गरेको छ ।
काठमाडौंको तीनकुनेमा रहेको कलेजमा कक्षा ११ र १२  मा गरी जम्मा २ हजार ४ सय विद्यार्थी अध्ययनरत् छन् । पेण्टागन कलेजको आफ्नै सात तले भवन छ । कलेजले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन गराउँदै आएको छ । आगामी वर्षदेखि ‘ए’ लेभल, बीबीए तथा एमबीएका कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । कलेजमा अध्ययन गर्ने हरेक विद्यार्थीले कुनै न कुनै रुपले छात्रवृत्तिको सुविधा उपभोग गर्न पाउने छन् ।  विद्यार्थीलाई अनुशासित ढंगबाट गुणस्तरीय शिक्षा प्रदान गर्नु कलेजको मुख्य उद्देश्य हो । त्यसैले, विद्यार्थीको सम्पूर्ण क्रियाकलापको अनुगमन गर्न हरेक कक्षाकोठामा सीसीटीभी जडान गरिएको छ ।
काठमाडौं मोडेल कलेजले विगत १२ वर्षदेखि ‘प्लस टू’का कक्षा सञ्चालन गर्दै आएको छ । सन् २००० मा स्थापना भएको कलेजबाट ३ हजार ५ सय विद्यार्थीले प्लस टू शिक्षा उत्तीर्ण गरिसकेकाको निर्देशक धु्रव भट्टराईले बताए । काठमाडौं मोडेल कलेजमा अहिले १ हजार ५ सय ५० विद्यार्थी अध्ययनरत् छन् । कलेजले प्लस टूका साथै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर बीबीए, बीबीएस, बीए र एमएका कक्षासमेत सञ्चालन गर्दै आएको छ ।
काठमाडौं मोडेल कलेज कमलादीमा रहेको छ । कलेजले सैद्धान्तिकभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिएको छ । विद्यार्थीमा आफ्ना लागि पढरहेको छु भन्ने भावनाको विकास गराउनु कलेजको मुख्य उद्देश्य हो । यो उद्देश्यमा कलेज सफल भएको छ । कलेजमा सबैभन्दा बढी विज्ञान संकायमा विद्यार्थीहरू भर्ना हुने गरेका छन् । त्यस्तै व्यवस्थापनमा पनि विद्यार्थीको आकर्षण बढेको छ ।
दक्ष व्यवस्थापक उत्पादन गर्दै ग्लोबल
ग्लोबल कलेज अफ म्यानेजमेन्टले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक शिक्षामा जोड दिएको छ । ग्लोबल अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने अग्रणी कलेज हो । ग्लोबलले हरेक वर्ष नयाँ अतिरिक्त क्रियाकलापबाट उच्च शिक्षा दिने गरेको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा व्यवस्थापन संकायअन्तर्गत कक्षा ११ देखि स्नाकोत्तर तहसम्मको अध्यापन हुन्छ । ग्लोबल कलेज काठमाडौंको मध्यबानेश्वरमा छ । ग्लोबलमा व्यवस्थापन संकायको मात्र अध्यापन हुने गर्छ । कलेजमा कक्षा १२ मा ५ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । ग्लोबल कलेज सन् १९९८ मा स्थापना भएको हो । कलेजले स्थापनादेखि नै पठनपाठन शुरु गर्दै आएको छ ।
प्राज्ञिक पृष्ठभूमिबाट सञ्चालित काठमाडौं बर्नहार्ट 
प्राज्ञिक पृष्ठभूमिबाट सञ्चालकन, कलेजको आफ्नै भवन जग्गा भएका कारण विद्यालयको स्थायित्व सुनिश्चित रहेको छ ।  अनुभवी शिक्षकहरूको जमात यस विद्यालयका प्रमुख आकर्षण र विशेषता हुन् । लामो समय ताहचलमा संञ्चालित यो उच्च मावि आफ्नो माध्यमिक तहसँगै अहिले बल्खुमा छ । आफ्नै प्रतिष्ठाका लागि पनि शैक्षिक गुणस्तर र राम्रो नतिजामा विद्यालयको ध्यान रहन्छ । यस विद्यालयमा सञ्चालकबाहेकका शिक्षकलाई विषयगत विभागका प्रमुख बनाइएको छ र धेरैजसो प्राज्ञिक निर्णय उनीहरूले नै गर्छन् ।
कम शुल्कमा उच्च शिक्षा निक उच्च मावि 
कम शुल्क लिएर राम्रो नतिजा ल्याउनेमध्येको एक हो, निक उच्च मावि । एक दशकको यात्रामा यो विद्यालय एकनासको नतिजा ल्याउन सफल छ । मुनाफाभन्दा गुणस्तरमा विश्वास गर्ने र प्राज्ञिक व्यक्तित्वहरूको सामूहिक लगानीमा सच्चालन भएका कारण विद्यालयले सफलता चुमेको हो । विद्यार्थीको अनिवार्य हाजिरी, विद्यालय परिसरमा मोबाईल र मोटरसाइकल प्रतिबन्ध गरिएको यस विद्यालयलाई मध्यम आर्थिक हैसियत भएका विद्यार्थीहरूले रोज्ने गरेका छन् । इन्जिनियरिङ् र व्यवसायिक अध्ययनका क्षेत्रमा यहाँका उत्पादन बढी खपत भएका छन् ।
प्रतिक्रिया दिनुहोस