रंगशालामा बर्दीवाला ‘गुण्डा’को हैकम,पत्रकार कुट्ने प्रहरीलाई कारबाही हुने

काठमाडौं  :- केही प्रहरी अधिकारीहरुको कर्तूतले सागको ऐतिहासिक सफलतामा आंशिक ग्रहण लागेको छ ।  जारी १३ औँ दक्षिण एसियालीखेलकुद प्रतियोगिता साग अन्तरगत मंगलबार दशरथ रंगशालामा रिपोर्टिङको क्रममा पत्रकार सुमन चापागाईं कुट्ने प्रहरीमाथि कारवाही हुने भएको छ । पत्रकार चापागाईँमाथि हातपात गर्ने प्रहरीमाथि कारबाही हुने महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले नेपालयन खबरलाई बताए । कसुरको मात्रा हेरेर पत्रकार कुट्ने प्रहरीलाई कारबाही गरिने उनले बताए ।

मङ्गलबार नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको भिडियो र तस्बिर खिचिरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठौरले मुक्का हानेका थिए ।
प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ । पत्रकारहरुले प्रहरीले माफी माग्नुपर्ने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस