पत्रकार वली विरुद्ध करणी उद्योगको मुद्धा


ईप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक चक्रडम्वर पालका अनुसार वली विरुद्ध करणी उद्योगको मुद्धा दर्ता गरिएको छ । दाङ जिल्ला अदालतले वलीका नाममा आज पक्राउ पुर्जी समेत जारी गरेको छ । पीडित महिला वलीकै साथीकी श्रीमती हुन् ।

प्रहरीका अनुसार वलीले ती महिलालाई गाउँमै गएर दिउँसै बलात्कारको प्रयास गरेका थिए । महिला त्यहाँबाट भागेर हारगुहार गरेपछी जोगिएकी थिइन् । वलीको खोजी भइरहेको प्रहरीले जनाएको छ । आरोपी वली रेडियो तुलसीपुरमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस