गोलभेँडा खानुको फाइदा, तपाईंलाई थाहा छ ?

तरकारीलाई स्वादिलो बनाउन आजभोलि गोलभेँडाको प्रयोग अनिवार्य जस्तै भएको छ । अचार तथा सुपको लागि यो नभई हुँदैन ।

गोलभेँडामा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटासियम पर्याप्त मात्रामा पाइन्छ ।

यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।

मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर यसको राम्रो फाइदा भनेको पकाउँदा पनि पोषक तत्व जाँदैन ।

गोलभेँडाकोप्रयोगले केही रोगको रोकथाम पनि गर्न सकिन्छ ।

बिहान पानी नपिइकन पाकेको गोलभेँडा खाएमा स्वास्थ्यको लागि निकै फाइदा हुनेछ ।

यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास गोलभेँडाको जुस पिलाउँदा बिरामीबाट आराम मिल्छ ।

बच्चाको मानसिक तथा शारीरिक विकासका लागि गोलभेँडा निकै फाइदाजनक हुन्छ ।

मोटोपन घटाउनका लागि पनि गोलभेँडाको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास गोलभेँडाको जुस पिउनले वजन घट्छ ।

गर्भावस्थामा गोलभेँडाको सेवन गर्नु लाभदायी हुन्छ ।

यदि पेटमा जुका वा अन्य किरा भएको खण्डमा गोलभेँडामा मरिच मिसाएर खाँदा फाइदा हुन्छ ।

गोलभेँडाको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस