गोरखामा रहेका अस्पतालको सेवालाई गुणस्तरीय बनाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ । जिल्ला अस्पताल गोरखाको  निर्माणाधिन भवन समयमै सक्न  भौतिक पूर्वधार विकास मन्त्री रामशरण बस्नेतले निर्देशन दिएका छन् ।

भुकम्पले क्षति पुर्याएर निर्माणको क्रममा रहेको अस्पताल निरिक्षणमा रहेका मन्त्री बस्नेतले यस्तो निर्देशन दिएका हुन् । गोरखामा रहेका एकमात्रै अस्पतालको सेवालाई गुणस्तरीय बनाउन  प्रदेश सरकारले सक्दो पहले गर्ने मन्त्री बस्नेतले बताएका छन् ।

अस्पतालको समस्याको बिषयमा प्रदेशको सामाजिक बिकास मन्त्रालयसँग समन्वय गरेर समाधानको पहल गर्ने मन्त्री भट्टराईको भनाइ छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको दरवन्दी खाली हुदाँ बिरामीलाइ रिफर गर्नुपरेको भन्दै अस्पतालका कर्मचारीले गुनासो गरेका छन् । ५० शैया अस्पतालका लागी आवश्यक सबै पूर्वाधार निर्माण हुने अस्पताल बिकास समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले बताए ।

केएफडव्लु नामक जर्मनी संस्थाले ३६ करोड लागतमा अस्पतालको भवन निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस