हत्या आरोपमा ५ जना पक्राउ

चितवन :-  चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । भरतपुर २७ निवासी २६ बर्षिय अभिनाष महतोको हत्या गरेको आरोपमा प्रहरीले सोहि स्थानका पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर २७ का २५ बर्षिय विनोद कुमार महतो, ३६ बर्षिय दिपेन्द्र महतो, २७ बर्षिय यमकुमार महतो र २० बर्षिय बिजय महतो छन् ।

उनीहरुसँगै एक किशोरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी निरिक्षक विरेन्द्र गुरुङको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

मंसिर १२ गतेबाट हराइरहेका अभिनाषको शव मंसिर १५ गते गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

हत्याको एकिन कारण नखुलेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस