काठमाडौं :- दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा भुटान ऐतिहासिक रुपमा सागको फाइनलमा पुगेको छ । जारी प्रतियोगितामा तीन खेलमा जीत निकाल्दै भुटानले कम्तिमा रजत पक्का गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकालाई तीन शुन्यले हरायो । भुटानकाे जितमा छिमी दाेर्जीले २ गाेल गरे । यो सागमा उत्कृष्ट प्रदर्शन गरेको भुटानले श्रीलंका विरुद्ध खेलको १८ औं मिनेटमा अग्रता बनायो । उसका लागि छिमी दोर्जीले गोल गरे ।
पहिलो हाफमा एक गोलका अग्रता बनाएको भुटानले दोस्रो हाफमा अर्को गोल थप्यो । यसपटक उसले पेनाल्टीबाट गोल गरे । ६८ औं मिनेटमा श्रीलंकाका खेलाडीले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई भुटानका जिग्मे छिरीङले गोल गरे ।
त्यसपछि ८० औं मिनेटमा भुटानले तेस्रो गोल थप्यो । त्यसपछि श्रीलंका खेलमा फर्कन सकेन र भुटानले सागको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनायो ।
यो जितले नेपालले पनि लगभग फाइनलमा स्थान बनाएको छ । भोली नेपालले बंगलादेशसँग खेल्नेछ । सो खेलमा यदि नेपाल बंगलादेशसँग पाँच शुन्य गोलको फरकमा हारेमा मात्र नेपाल फाइनल पुग्नबाट बञ्चित हुनेछ ।