राजसंस्था र हिन्दु अधिराज्य पुर्नस्थापनाको लागि आन्दोलन हुने

काठमाडौं :-  शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दु अधिराज्य पुर्नस्थापनाको लागि चरणबद्ध आन्दोलन गर्ने भएको छ ।

काठमाडौमा शनिबार पत्रकार सम्मेलन गरी शाही युवा शक्ति नेपालले पुस १ गते स्वर्गीय राजा महेन्द्रको स्मृृति दिवसको अवसर पारेर चरणबद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएको हो ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पुस १ गते भव्य रुपले स्वर्गीय राजा महेन्द्रको स्मृति दिवस मनाउने र सोही दिनदेखि राजसंस्था तथा हिन्दु अधिराज्य पुर्नस्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा गर्ने जानकारी दिए ।

युवा शक्ति नेपालले स्मृति दिवसलाई भव्य रुपले सम्पन्न गर्न र जनसंघर्षमा सहभागिताको लागि आह्वान गरेको छ ।

यस्तै, उसले राजसंस्था पुर्नस्थापनाको लागि काम गरिरहेका विभिन्न संघसंगठनलाई एकताको लागि आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस