मंसीर २२ गतेबाट ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला हुने

काठमाडौं :-   यही मंसीर २२ गतेबाट ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला हुने भएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल गैरसरकारी संस्था महासंघले ७१औँ राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा महाभेला गर्न लागेको जनाएको हो ।

मानव अधिकार राष्ट्रिय महाभेलाले यस वर्षको नारा दिगो विकासको आधार सबैका लागि मानव अधिकार तय गरिएको छ ।

महासंघका महासचिब रामप्रसाद सुबेदीले १ साता सम्म चल्ने यस महाभेलामा २ सय भन्दा बढी मानव अधिकार संघसंसथाहरुको संयुक्त आयोजनामा पहिलोपटक ७७ बटै जिल्लामा कार्यक्रमहरुको आयोजना गरिने जानकारी दिए ।

महासचिव सुबेदीले महाभेलामा मानव अधिकारको वर्तमान अवस्थाबारे छलफल गरेर घोषणपत्र जारी गरिने बताए ।

प्रतिक्रिया दिनुहोस