डाइविटिजलाई नियन्त्रण यसरी गर्नुस्

अस्वस्थ्य खानपान, शारीरिक व्यायामको कमी लगायतका कारणले गर्दा पछिल्ला दिनहरुमा डाइभेटिज (मधुमेह)का रोगीहरुको संख्या बढ्दै गइरहेको छ । डाइभिटिज भइसकेपछि त्यसलाई निदान गर्नु भन्दा खानपानमा ख्याल गरेर त्यसलाई लाग्न नदिने वा प्रारम्भिक चरणमै नियन्त्रणको प्रयाश जरुरी छ । त्यसका लागि केही काम गर्न सकिन्छ ।

उच्च प्रोटिनयुक्त खाना

मधुमेहको खतरामा रहेका मानिसहरुले आफ्नो खानामा उच्च प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्ने हुन्छ । कार्बोहाइड्रेट र बोसोयुक्त खानालाई सकेसम्म कम खाने गर्नुपर्छ । उच्च प्रोटिनयुक्त खानाले शरिरमा उत्पन्न हुने ऊर्जालाई सामान्य बनाइराख्न सहयोग गर्छ भने मेटाबोलिजमलाई पनि बढाउने कार्य गर्दछ ।

धुम्रपान

धुम्रपानले तपाईंको कार्डियोभास्कुलर स्वास्थ्य र हर्मोन उत्पन्नमा प्रतिकुल असर पार्छ जसले मधुमेहको खतरालाई निम्त्याउने गर्दछ । धुम्रपान छोड्दा तपाईंलाई मधुमेहको खतरा हुँदैन भने तपाईंको सम्पूर्ण स्वास्थ्य पनि राम्रो हुनेछ ।

पानी 

मानिसको शरिरलाई नभई नहुने तत्वमा पानी शीर्ष स्थानमा आउँछ । दैनिक पर्याप्त मात्रामा पानी पिउँदा यसले रगतमा उच्च मात्रामा भएको सुगर लेभललाई बाहिर निकाल्ने काम गर्दछ भने यसले बढ्नसमेत दिँदैन । पानीले तपाईंको मुटुको रोग र मधुमेहलाई पनि टाढा राख्दछ ।

पर्याप्त निन्द्रा

थुप्रै अनुसन्धान अनुसार जो व्यक्ति दिनको ७ देखि ८ घण्टा सुत्छ , त्यस्ता व्यक्तिहरुलाई मधुमेह रोग लाग्ने खतरा कम हुन्छ । अपर्याप्त निन्द्राले हर्मोनलाई ब्यालेन्स हुनबाट बञ्चित गराउँछ जुन मधुमेहको लागि उपयुक्त स्थिती हो ।

व्यायाम

व्यायमसहितको स्वस्थ जीवनशैलीले तपाईंलाई मधुमेहबाट बचाउन सहयोग गर्छ । व्यायामले तपाईंलाई मधुमेहलगायत विभिन्न रोगबाट टाढा राख्त । तपाईंले आफ्नो दिनको सुरुवात साधारण गतिविधी जस्तै साइक्लिङ र जगिंगबाट गर्नसक्नुहुन्छ ।

फाइबर

फाइबरयुक्त खानाले तपाईंको रगतमा भएको चीनिको मात्रालाई सोस्न सहयोग गर्दछ । मधुमेहलाई साधारण राख्नका लागि यसले इन्सुलिन निकाल्नसमेत सहयोग गर्छ ।

रगत जाँच 

मधुमेहबाट बच्नको लागि सबैभन्दा सजिलो उपाय आफ्नो रगतको निरन्तर जाँच गर्नु हो । ४५ वर्षभन्दा माथिका मानिसले तीन वर्षको एकचोटी रगत जाँच गराउनुपर्ने हुन्छ । यदि तपाईंको रक्तचाप उच्च छ र मोटो हुनुहुन्छ भने तपाईंले निरन्तर रुपमा रगत जाँच गराइरहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस