प्रथम बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता-२०७६ सुरु

धिरज उपरकोटी/गोरखा :-
बारपाक सुलिकोट गाउॅपालिका युवा खेलकुद तथा शिक्षा शाखाले आयोजना गरेको प्रथम बारपाक सुलिकोट रनिङशिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ। तीन दिन सम्म चल्ने प्रतियोगिता बारपाक सुलिकोट गाउँ पालिका का अध्यक्ष बिष्णु भट्ट ले एक कार्यक्रम गरि उद्घाटन गर्नु भएको हो साथै कार्यक्रममा उपध्यक्ष सनमय गुरूङ, र आठवटै वडाका वडा अध्यक्ष हरूको उपस्थिति रहेको थियो , कार्यक्रम सुरुभयको छ सुर्य ज्योति मावि ताकुकोट को ब्यबस्थापनमा ताकुकोटमा खेलहरु संचालन हुनेछ।
बारपाक सुलिकोट गाउँपालिकाको १० वटा माध्यामिक बिद्यालयका विद्यार्थीहरुको सहभागिता हुने प्रतियोगितामा छात्र/छात्रा दौड, भलिवल, सटपुट, कबट्डी, हाईजम्प, ट्रिपल जम्प, लङ्गजम्प, ज्याभलिङ थ्रो लगायत को खेल समावेश गरिएको छ।
पहिलो दिन एथलेटिक्स तर्फको छात्र र छात्रा को १००,४०० र १५०० मिटरको दौड, सट्पुट र छात्र भलिबल र छात्रा कबड्डीको केही खेल सम्पन्न भएको छ । ३ दिन सम्म चल्ने प्रतियोगितामा गाउपालिकाको १० वटा माध्यमिक बिधालय सहभागी भएका छन् ।
प्रतियोगिता को समापन कार्यक्रम मंसिर २२ गते प्रतिनिधि सभा सदस्य माननिय चुडामणि खड्काको उपस्थिति हुनेछ।

प्रतिक्रिया दिनुहोस