प्रदेश २ मा ब्रेन ट्युमरको सफल शल्यकृया

बिरगंज :- प्रदेश नं. २ मै पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यकृया गरिएको छ । वीरगन्जको वीरगन्ज हेल्थ केयर होस्पिटलले न्युन खर्चमा ब्रेन ट्युमरको शल्यकृया गर्न सफल भएको हो ।

ब्रेन ट्युमरबाट ग्रसित रहेकी पर्साको जिराभवानी गाँउपालिका वडा नं. ३ नयकाटोलकी २० वर्षिया इन्दु कुमारी महतोको होस्पिटलका न्युरो सर्जन डा. फिरोज अब्जलले सफल शल्यकृया गरेका हुन् ।

ब्रेन ट्युमरको काठमाडौंलगायतका स्थानमा उपचार गर्दा ३ देखि ४ लाखसम्म खर्च लाग्ने भएपनि हेल्थकेयरले युवतीको शल्यकृया गर्दा मात्र एक लाख खर्च लागेको डा. अब्जलले जानकारी दिए ।

उनले इन्दुको मस्तिसको बीच भागमा रहेको पाँच सेन्टी मिटर ठुलो ट्युमरलाई ४ घण्टाको कठिन शल्यकृयापछि झिकन सफल भएको बताए ।

ट्युमरबाट ग्रसित भएकी इन्दुको पहिले शरीरको दाहिने भाग नचल्ने भएपनि शल्यकृया पछि चल्न थालेको अस्पतालले जनाएको छ ।

वीरगन्ज हेल्थकेयर अस्पतालले न्युन खर्चमा ब्रेन ट्युमर जस्तो जटिल रोगको उपचार गर्न सफल भएपछि रकम अभावका कारण प्रदेश भित्र उपचारबाट बञ्चित रहेका यस्ता विरामीले ठुलो राहत पाउने छन् ।

प्रतिक्रिया दिनुहोस