काठमाडौं :- निर्माण प्रकृयामा रहेको बारा जिल्लास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्कालका लागि अघि नबढ्ने भएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले विमानस्थलको काम यथास्थितिमा राख्न आदेश दिएसँगै निर्माण प्रकिया अघि नबढ्ने भएको हो ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकी लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले आदेश दिएको हो ।
सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रिट निवेदकहरुले निवेदनको अन्तिम टुंगो नलागेसम्म विमानस्थल निर्माण कार्य अघि नबढाउनु भनी तत्काल अन्तरिम आदेशको माग गरेका थिए ।
यो आदेशसँगै विमानस्थलका लागि भन्दै रुख काट्ने काम पनि तत्काललाई रोकिने छ ।