सर्लाही :- सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपुर्वा नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
विद्यालयमा लामो समयदेखि पढाइ नभएको जानकारी गराइरहँदा पनि नगरपालिकाले बेवास्ता गरेपछि केश्वर गरिब जनता माध्यमिक विद्यालयका विद्यार्थीहरु तोडफोडमा उत्रिएका हुन् ।
विद्यालयले मनोमानी किसिमले शिक्षक नियुक्त गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि तीनजना शिक्षकले अध्यापन गराउन पाएका छैनन् ।
शुक्रबार शिक्षक अभावमा ८/९ महिनासम्म पढाइ नभएको जानकारी गराउन नगरपालिका कार्यालय पुगेका विद्यार्थीहरुको समस्याबारे बेवास्ता गर्न खोजेपछि तोडफोड गरेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायले विद्यालयका प्रधानाध्यापक रामपृत महतोलाई हप्काएर बाहिर निकालेपछि विद्यार्थी आक्रोशित भएका थिए ।
पछिल्लो समय केश्वर गरिब जनता माध्यमिक विद्यालयमा राजनीतिक किचलो हुँदा पठनपाठनमा असर परिरहेको छ ।