काठमाडौं :- दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा भारतले आफ्नो बर्चश्व कायमै राखेको छ ।
अहिलेसम्म भारतले ८१ स्वर्ण जित्दा ५९ रजत र २५ काश्य हात पारेको छ । पदक तालिकामा उसको कुल एक सय ६५ पदक भएको छ । दोस्रो स्थानमा नेपाल रहेको छ । नेपालको ४१ स्वर्ण, २७ रजत र ४८ काश्य रहेको छ । जसमा नेपालको कुल ११६ पदक रहेको छ ।
तेस्रो स्थानमा श्रीलंका रहेको छ । उसको २३ स्वर्ण, ४२ रजत, र ६९ काश्यका साथ कुल एक सय ३४ पदक छ । चौथो स्थानमा पाकिस्तान रहेको छ । उसको १९ स्वर्ण २५ रजत र २९ काश्य रहेका छन । जसमा उसले कुल ७३ पदक जितेको छ ।
बंगलादेशको चार स्वर्ण, १८ रजत, ५१ काश्यका साथ कुल ७३ पदक जितेको छ । माल्दिभ्सले एक स्वर्ण जितेको छ भने भुटान अझै स्वर्ण विहिन छ ।