नेविसंघ दाङका कोषाध्यक्ष लहरे पक्राउ

गणेश आचार्य/दाङ :-

नेविसंघ दाङका कोषाध्यक्ष अरून लहरे पक्राउ परेका छन् । अनेरास्ववियु राप्ती बबई क्याम्पस तुलसीपुरका अध्यक्ष रविन वलीलाई कुटपिट गरेका लहरे यसअघि फरार थिए ।

 

लहरेले केही दिनअघि वलीलाई क्याम्पस प्रांगणमा बिना कारण कुटपिट गरेको आरोप लागेको थियो । लहरेलाई प्रहरी मंगलबार तुलसीपुर बजारबाट पक्राउगरी सार्वजनिक नैतिकता विरुद्धको मुद्दा चलाएको छ ।

इप्रका तुलसीपुर प्रमुख डीएसपी हरिहरनाथ योगीका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालय दाङले १० दिन हिरासतमा राखि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लहरे केही बर्षअघि ट्रक लुटपाटको अारोपमा समेत पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस