बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले क्षमतानुसार काम गर्न नसकेको बताएका हुन । ‘यो शक्तिशाली सरकार हो । यसले धेरै काम गर्न सक्छ’, उनले भने-‘तर, सरकारले जति काम गर्न सक्दथ्यो, त्यति गर्न सकिरहेको छैन ।’

सरकारले जनतालाई सुशासन दिन नसकेको केसीको आरोप थियो । ‘महङ्गी बढेको बढ्यै छ । संविधानमा समाजवाद लेखिएको छ तर, व्यवहारमा छैन’, उनले भने ।

केसीले भारतले कब्जा गरेको नेपाली भूमिलाई फिर्ता लिनका लागि नेपाल सरकारले खुट्टा कमाउन नहुने बताए ।