काँग्रेसको किल्लामा उत्तरकुमारपछि विमलाको इन्ट्री,आँशुको व्यापारको आरोपलाई जनमतबाटै जवाफ

अबिसेक डाँगी/दाङ :-
वास्तवमै कठिन थियो–विमलाको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विमला वलीले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिइन् ।

राष्ट्रिय चासोका रुपमा हेरिएको दाङ क्षेत्र नं ३ (ख)को उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वली प्रदेशसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका केशव अाचार्यलाई ५ हजार १ सय ४ मतान्तरले विजय हासिल गरेर राजनीतिमा आफ्नो पकड देखाइन् ।

दिवङ्गत नेता उत्तरकुमार वलीका जीवनसँगीनी भएकाले पनि उनीप्रतिको चासो उत्तिकै थियो । राजनीतिक पृष्ठभूमिका आधारमा उहाँ राजनीतिमा आउनुपर्छ भन्ने जमात पनि बाक्लै थियो, त्यही भावनालाई नेकपाले मनन गरेर टिकट दियो । जब नेकपाको दङ जिल्ला कमिटीले उनलाई एकमात्र उम्मेदवारका रुपमा नाम सिफारिस गर्यो, तब उनीमाथि पार्टीभित्रैबाट रोक्न प्रयास नभएको होइन ।

नेत्री वलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका एक अभियानकर्मी उत्तरले विकास र समृद्धिका लागि साँच्नुभएका सपना तथा आफ्ना योजनालाई पूरा गर्दै जनताको आफूमाथिको आशा र भरोसा टुट्न नदिएर राजनीतिक यात्रामा अघि बढ्ने बताइन् ।

वलीले कहीँ कतै एक थोपा आँसु झारेर मत माग्नु भएन । पीडाका ती तमाम अवस्था बिर्सन खोजे पनि उनका अगाडि मतदाता उत्तरलाई सम्झेर भक्कानिन्थे तर उनले आफूलाई सम्हालिन् र मतदातालाई निडर भएर सम्झाइन्।

आरोप प्रत्यारोपमा नउत्रिएर राजनीतिक संस्कारको उच्चतम उदाहरण उनले प्रस्तुत गरेकी थिइन् । विमला वलीले आफ्ना पति वलीको मृत्युपछि कुनै पदको लोभले राजनीतिमा प्रवेश गर्नुभएको कदापि थिएन । एउटा बाध्यता थियो । आम जनताको चाहना थियो ।

कुनैबेला नेपाली काँग्रेसका खुमबहादुर खड्का, दिपक गिरी, गेहेन्द्र गिरी लगायततका नेताहरुको राज चल्ने दाङ क्षेत्र नम्बर ३ मा २०७४ को निर्वाचनमा नेकपाका उत्तरकुमार ओलीले जनमत उल्टाइदिए ।

अर्थात काँग्रेस किल्ला तोडे । जुन क्षेत्र तुलानात्मक रुपमा दाङका अन्य ठाउँ भन्दा विकसित मानिन्छ । जव उत्तरकुमार प्रदेशसभा सदस्य बने लगत्तै उनले आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि थुपै योजना र बजेट पुर्याए ।

तर दुर्भाग्य ! गतबर्ष सडक दुर्घटनमा परी उत्तर कुमारको निधन भयो । त्यसपछि रिक्त स्थानमा भएको उपनिर्वाचनमा उनै उत्तर कुमारकी श्रीमिती बिमला (खत्री) ओलीलाई मतदाताले विजयी बनाए । बिमलालाई मतदाताले विजयी मात्रै गराएनन् उत्तरकुमारले थालेर पुरा गर्न नसेका काम सम्पन्न गर्ने जिम्मेवारी समेत हस्तानतरण गरे ।

परिणाम आउनुभन्दा अघिसम्म कडा प्रतिस्पर्धा हुने अड्कल गरिएको दाङ ३ ‘ख’ मा विमलालले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछाडि पारिन् ।
उनले श्रीमान् उत्तर कुमारले बोकेको सपना पूरा गर्नकै लागि जनताले आफुलाई मत दिएर जिम्मेवारी दिएको बताइन् ।

साथै उनले सधै पश्चिम दाङका जनताको पक्षमा रहने समेत प्रतिबद्धता पनि दोहायाईन् । विमलाले सहानुभूति र पार्टी एकताको बलमा चुनाव जितेको दाबी उनका विपक्षीले गर्छन् । तर, पश्चिम दाङका मतदाताले विमलालाई उत्तरको उत्तराधिकारीको रुपमा उभ्याएका बुझाई धेरैको छ ।

२०७४ सालमा भएको निर्वाचनमा यहि निर्वाचन क्षेत्रबाट विमलाका श्रीमान् उत्तरकुमार वली ६ हजार ४ सय ३५ मतले नेपाली काँग्रेसका बुद्धिराम भण्डारीलाई हराउँदै निवाििचत भएका थिए । त्यसअघि यो क्षेत्रबाट काग्रेसका नेताहरु लगातार निर्वाचित हुदै आएका थिए ।

यस अघि उत्तरकुमारले सक्रिय राजनीति गरेपनि विमला भने पारिवारिक व्यवस्थापनमै केन्द्रीत थिइन् । तर, परिस्थितिले विमलालाई प्रदेश नम्बर ५ को माननीय मात्रै बनाएन राजनीतिक जीवनले नै कोल्टे फेर्यो ।

बुवा कालीराम खत्री र आमा लालकुमारी खत्रीकी कान्छी छोरीका रुपमा २०४१ साल माघ २२ गते जन्मिएकी हुन् विमला । विमलाको उत्तरकुमार वलीसँग २०६५ साल बैशाख महिनामा प्रेम विवाह भएको थियो ।

दाङ क्षेत्र नम्बर ३ ख मा कसले जित्ला भन्ने चसोको विषय बनेको थियो । तर यो चासो सकिएको छ । विमलामा जिम्मेवारी बढेसँगै आगामी तीन बर्षमा पश्चिम दाङमा कति काम गर्ने हुन् त्यो भने हर्ने बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस