विवादित क्षेत्रबाट सेना फिर्ताको माग गर्दै गैरआवासिय नेपाली संघद्धारा बेलायतमा प्रदर्शन

काठमाडौँ । विवादित कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रबाट भारतीय सेना फिर्ता लैजानुपर्ने माग गर्दै गैरआवासिय नेपाली संघको आह्वानमा बेलायतस्थित प्रवासी नेपालीहरुले बेलायतमा विरोध प्रदर्शन गरेका छन् ।

लन्डनस्थित भारतीय उच्चायुक्तको कार्यालय बाहिर सोमवार दिउँसो गैर आवासिय संघ युके शाखाको आयोजनामा विरोध प्रदर्शन भएको हो ।

भारतले चीनसंगको सीमामा पर्ने रणनीतिक महत्त्वको उक्त क्षेत्रलाई लामो समयदेखि आफ्नो नियन्त्रणमा राखेकोले दबाब दिन उक्त विरोध प्रदर्शन आयोजन गरिएको गैर आवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले लाल्टिन खबरलाई बताएकी छन् ।

यसअघि पनि जापान, जर्मनी, बेल्जियम, स्विट्जरल्याण्ड लगायतका मुलुकमा पनि प्रवासी नेपालीहरूले त्यहाँस्थित भारतीय कूटनीतिक नियोगहरू सामु विरोध जनाएका थिए।

प्रतिक्रिया दिनुहोस