पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं :- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले आइतबार पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएको छ ।

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस