बारा :- विश्वमै सबभन्दा धेरै पशुबलि दिइने मेलाको रुपमा परिचित बारा जिल्लाको गढीमाईमा भक्तजनहरुको घुइँचो लागेको छ । गढीमाई मेलामा आज (मंगलबार) देखि बलि चढाउन शुरु भएको छ । बिहानको पूजा सकिएपछि बलि पूजा शुरु भएको पुजारीहरुले बताएका छन् ।

गढीमाईको मेलामा बलि चढाउन हजारौं बोका, राँगा र परेवा मेलास्थलमा ल्याइएको छ । प्रत्येक ५/५ वर्षमा लाग्ने यो मेलामा नेपालमात्रै नभइ भारतबाट पनि बलि दिन आउने गर्दछन् ।

बाराको महागढीमाई -१ स्थित बरियारपुरमा लाग्ने मेलामा लाखौ भक्तजनको भीड लागेको छ ।

मंसिर १ गतेबाट शुरु भएको मेलाको सोमवार राति विशेष पुजा र मंगलवार पशुबलि दिने कार्यक्रम रहेको छ । सोमवार राति देखि पूजा शुरु भएको र आज मंगलवार पशुबलि दिने तयारी रहेको मन्दिरका पुजारी शम्भु चौधरीले जानकारी गराए ।

बलिको दिन अत्याधिक भीड लाग्ने भएका कारण मंसिर पहिलो सातादेखि नै दर्शनार्थीले मन्दिरमा पूजा गरेका छन । पाँच वर्षमा लाग्ने गढीमाई मेलामा यसपटक ७५ लाखदेखि १ करोड दर्शनार्थी आउने अनुमान गरिएको मेला व्यबस्थान समितिका सचिव पारस गुप्ताले जानकारी दिए ।

सर्वोच्च अदालतले गढीमाइमा पशुबलि रोक्ने आदेश दिएपनि मन्दिरमा यसपटक पनि १० हजारको हाराहारिमा बलीका लागि रागाँ आएको मन्दिर व्यबस्थापन समितिले जनाएको छ । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ साउन २० गते पशुपलि रोक्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

पशुबलि दिदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । मन्दिरमा परेवा उडाउने व्यबस्था समेत गरिएको छ ।

एकजोडी परेवाको १ हजार रुपैयामा विक्री हुने गरेको व्यापारीहरु बताउछन् मेला मंसिर भर चल्नेछ।