कोहलपुर ६ मा नेकपाको विजयउत्सव

बाँके :- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्षको निर्वाचनमा विजयी भएको नेकपाले आइतबार विजयउत्सव मनाएको छ । विजयी वडा अध्यक्ष रामशरण थारुसहित नेकपाका नेता कार्यकर्ता र समर्थकहरुको सहभागितामा ¥याली भएको हो । ¥यालीमा नेकपाका नेताहरु दिनेशचन्द्र यादव, महेश्वर गहतराज, जिल्ला अध्यक्ष आईपी खरेल, सचिव अशोक कोइराला लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

नेकपा कोहलपुर नगर कमिटीका संयोजक बशन्ती अधिकारीले काँग्रेसको गढमा विजयी हुनुमा नेता ,कार्यकर्ता र समर्थकहरुको मेहनतको प्रतिफल भएको बताउनुभयो । शनिबार भएको मतदानमा कुल दुई हजार २६ मतदाता मध्ये एक हजार ६३४ मत खसेकोमा थारु ८०० मत प्राप्त गरि बिजयी हुनुभएको हो । नेपाली कांग्रेसका श्रीकृष्ण थारुले ७३६ मत पाउनु भयो । राप्रपाका श्रीधर सुबेदीले ६१,नेमकिपाका दिपा लक्ष्मी हमालले १३ र समाजबादिका शुभाखर पोख्रेलले १० मत पाउनु भयो ।   नेपाली कांग्रेसबाट निर्वाचन वडा अध्यक्ष रामसोहन थारुको निधन भएपछि शनिबार उपनिर्बाचन भएको हो । स्रोत लोकप्रिय सन्देश

प्रतिक्रिया दिनुहोस