खोटाङमा राप्रपा उम्मेदवारले ल्याए जम्मा १ भोट

खोटाङ :- खोटाङको सोकला गाउँपालिका वडा नम्बर -३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार इन्द्रबहादुर खड्काले एक मत प्राप्त गरेका छन्।

सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी नेकपाकी उम्मेदवार शिवकला राईले तीन सय ९१ मत प्राप्त गरी विजयी भइन्।

नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङ तीन सय ७४ मत प्राप्त गरे। समाजवादी पार्टी नेपालका रमेश राईले १५ मत ल्याएका छन्। यहाँ सात सय ९६ मत खसेकोमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। यहाँ एक हजार तीन सय तीन मतदाता थिए

प्रतिक्रिया दिनुहोस