डम्मर बुढा मगर/बाग्लुङ । बागलुङ क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभा सदस्यको लागि भएको उपनिर्वाचनमा वाम गठबन्धनका उम्मेद्वार खिम विक्रम शाही विजयी भएका छन् ।
आइतबार करिब १ बजेदेखि शुरुभएको मतगणना सोमबार विहान १ः३० बजे मात्र अन्तिम नतिजा सार्वजनिक भएको हो । शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जित शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वाशुदेव न्यौपानेले जानकारी दिए । शाही शेरचनलाई २ हजार ९७ मतआन्तरले पछि पार्दै विजयी भएका हुन् ।
समाजवादी पार्टीका अशोककुमार विकले ३ सय १६ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५, स्वतन्त्र उम्मेद्वार शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गरेका छन् भने ३ सय १६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश सभा सदस्यको लागि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा उप–निर्वाचन भएको हो । यस क्षेत्रमा ३५ हजार १ सय ८४ कुल मतदाता संख्या रहेकोमा जम्मा २१ हजार चार सय मत खसेको थियो ।
२०७४ को चुनावमा कुल मतदाता संख्याको ६५ प्रतिशत मत खसेको यस क्षेत्रमा अहिले ६१ प्रतिशत मात्र मत खसेको थियो ।
गत चुनावमा यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र जनमोर्चाका संयुक्त उम्मेद्वार टेकबहादुर घर्ती मगरले ११ हजार ८ सय ८४ मत पाएर विजयी भएका थिए भने काँग्रेसका जितबहादुर शेरचनको ८ हजार ६ सय २४ मत पाएका थिए । प्रदेश सांसद टेक बहादुर घर्तीको निधनपछि बागलुङमा उपचुनाव भएको हो ।