पाँच हजार बढी मतान्तर ले नेकपाकि विमला वली निर्वाचित

दाङ
उपनिर्वाचन प्रदेशसभा सदस्यमा दाङ क्षेत्र नम्बर ३ ख मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की विमला कुमारी खत्री (वली) निर्वाचित भएकी छिन।
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला कुमारी खत्री (वली) ले ५ हजार १ सय ४ मतान्तरले चुनाव जितेकी छिन् । आइतबार राती सकिएको मतगणना अनुसार वलीले २४ हजार २ सय ८६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १ सय ८२ मत प्राप्त गरेका हुन् ।

त्यस्तै साझा पार्टीका उम्मेदवार शिव कुमार चौधरी ले २६६, राप्रपा का भूपाल रावत ले २२५ ,समाजवादीका डिल्ली बहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटी लाल थारु ले १३८,नेकपा मालेका हरि प्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० ,नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्री ले २६ ,नेपाल मजदुर किसान पार्टीका शुरेस परियारले १५,राष्ट्रिय जनमुक्ती पार्टी का धनराज विश्वकर्माले ११, वि पी कांग्रस पार्टी का दिपक कुमार धिताल ले २ र स्तन्त्रबाट टिकाराम आचार्यले ४ र गोविन्द के सी ले २ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ ख मा ६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो भने ७ सय ९७ मत बदर भएको छ ।

कुन पालिका बाट कती मत प्राप्त हेनुहोस् ः

साथै विमला वलीले आफूलाई निर्वाचित गराउन सहयोग पु¥याउने मतदाता ,पार्टी, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई धन्यवाद समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस