भोट नदिएको भन्दै गाँउपालीकाका अध्यक्ष कुटपिटमा उत्रिए

दाङ :- दाङ शान्तीनगर गाँउपालीकाका अध्यक्ष कमानसिङ डाँगी र उनका छोरा विरज डाँगी माथि कुटपिटको आरोप लागेको छ । कुटपिटबाट शान्तीनगर गाँउपालीका २ निवासि पदम बहादुर वली र उनकि श्रीमती जयन्ता वली घाईते भएका छन । अध्यक्ष डाँगीका बाबु छोराले कांग्रेसलाई भोट नदिई नेकपालाई भोट दिएको भन्दै कुटपिट गरेको पिडित वलीको भनाई छ ।

उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । उनिहरु दुई जनालाई टाउको,नाक, मुखमा चोट लागेको छ । यसैविच,नेकपा शान्तीनगर वडा नम्बर वडा कमिटिले एक विज्ञप्ती निकालेर घटनाको बारेमा ध्यानाकर्षण भएको जनाएको छ । कमिटिका अध्यक्ष खुम बहादुर वलीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा घटनाबारे छानविन गरि कानुनि कार्वाहीको माग गरिएको छ ।

यता गाँउपालीकाका अध्यक्ष डाँगीले भने आफुले कुटपिट नगरेको बताएका छन । घर नजिकै होहल्ला भएको अवस्थामा आफु त्यहा पुगेको र छोराले एक झापड हानेको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस