कास्की २ मा ६ हजार मत गनियो, नेकपाले लियो अग्रता

पोखरा । कास्की २ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले प्रारम्भिक अग्रता लिएको छ ।  करिब ६ हजार मत गन्दा नेकपाले ३ हजार २ सय ७६ मत प्राप्त गरेको छ । यसैगरी कांग्रेसले २ हजार एक सय पन्ध्र मत पाएको छ । उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई उम्मेदवार छिन् । नेपाली कांग्रेसबाट खेमराज पौडेल र साझा पार्टीबाट रजनी केसी प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस