अपराधिहरुको सिन्डिकेट हो थवाङ को चुनाब

खतिवडा योगेन्द्र/काठमाडौं :-
कञ्चनपुरको पुनर्वास तात्कालिन देउबाले थिल्थिलो पारेको द्वन्द पिडित भुमिहो यतिमात्र नभै निर्मला पन्त जस्ता कलिला छोरिको बलात्कार गरि लासमाथी राजनिती गर्ने क्षेत्रपनी हो भने रोल्पाको थवाङको वडा तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारहरु विजयी भइम भन्दैछन त्यही थवाङ हो जस्ले हिजो यो देसलाइ यहाँ ल्याँइपुर्यायो र अपराधिहरुलाइ सत्तामा पुर्यायो ! ती द्वन्दका डोबहरुमा कति मलम लगाए कति क्षतिपुर्ती भरे ? यी सबै देसका सम्मुन्नत सहरहरु सँग कम्पेयर गर्दैजानु , रिजल्ट कस्तो आउँछ प्रतिकृया त्यस्तै गरौंला !!
थवाङ्लाइ कोट्याँउदा
माओवादी चोइटिएपछि दोस्रो संविधानसभा चुनाव बहिस्कार नीति लिएको मोहन वैद्य नेतृत्वको माओवादी थवाङमा हाबी भएपछि पछिल्लो संविधानसभामा थवाङ शून्य मतदानको अवस्थामा पुगेको थियो। त्यतिबेलै थवाङमा अन्य दललाई प्रवेश निषेधे नीति लिएको सो दलका कार्यकर्ताले प्रवेश गर्नेलाई लखेटेको थिए। त्यो आक्रोशमा सभामुख ओनसरी घर्ती परेकी थिइन्। चुनावी प्रचारका लागि थवाङको ‘मरान्ठान’ पुगेका बेला उनको सभालाई थवाङीले बिथोलिदिएका थिए।
आज कस्का जनताले चुनाब जितियो ??
चार पाँच दिनको पैदल हिँडेर सरकारी सेवा सुविधाका लागि लिवाङ झर्नुपर्ने थवाङी अब त्यो सास्तीबाट मुक्त गराउने आसा फेरि बाँढेर जितियो होलानी चुनाब त हैन ??
अझै नजिक्बाट कोट्याँउछु आज चुनाब जित्नेको बिगत हेर्नोस है ,
रोल्पाको थवाङ गाउँपालिकाकी श्रीकुमारी रोकाको द्वन्द्वको घाउ कैले ओभाँउछ ? आफू १८ वर्षको हुँदा तत्कालीन विद्रोही पक्ष (माओवादी)बाट आफ्ना बुबाको हत्या भएपछि उनी अझै न्यायको खोजीमा छिन् । विसं २०५३ माघ १९ गते बुबा रामजी घर्तीको हत्या भएपछि श्रीकुमारीको परिवार गाउँबाटै विस्थापित भयो । “सामान्य काम गरेर खाने व्यक्तिलाई जबर्जस्ती लगेर किन हत्या गरियो ? कहिल्यै जवाफ पाइएन, उनले भनिन्, “त्यो बेला विद्रोह गर्ने पक्ष अहिले सरकारमा जाँदा द्वन्द्व प्रभावितका लागि केही गर्छ कि भन्ने आशा थियो तर सरकारमा जाँदा सबैले बिर्से ।” द्वन्द्वको घाउमा खाटा नलाग्दै आमा र दाजुलाई गुमाएकी रोकाले द्वन्द्व प्रभावितका पीडामा मल्हम लगाउने केही नभएको बर्बर आँसु झार्दै अहिलेपनी उनी सुनाउछिन , वाह आज त्यँही चुनाब जितिएको संखनाद भएछ वारे लोकतन्त्र तँ साचिकै धन्य छस ,
उनी अझै भन्छिन > “द्वन्द्वका समयमा भोगेको पीडा मनमै दबाएर बस्न बाध्य छौं, राहत पाएर पनि न्यायको अनुभूति भएन”, उनले भनिन् ।
द्वन्द्वका बेला महिलाले भोग्नुपरेको पीडाको प्रकृति र गहिराइ फरक छ । आफ्ना परिवारका सदस्य गुमाउनुपरेको पीडा द्वन्द्वपीडितहरुले कसरी भुल्छन , के प्रचन्डले छोरा प्रकाश भुल्न सक्छन ?? उनी भन्दछिन ! बेपत्ता पारिएका परिवारका सदस्यहरु वर्षौँदेखि आफन्तलाई कुरिरहेका छन् ती कैले फर्किन्छन अगाडि थप्दछिन ! आफ्ना परिवारको द्वन्द्वकालमा भएको अनाहक हत्याको कारणको खोजी नहुँदा र न्याय नपाउँदा द्वन्द्वपीडित निराश र आक्रोशित छन् । “द्वन्द्वको समयमा महिलाले बलात्कार, चरम यौन हिंसा र यातना भोग्नुपर्‍यो, ती सब्का हिसाब कैले कस्ले दिने ?? उनी भन्दै थिइन !!
मैले एउटा प्रतिनिधि घटनामात्र यहाँ चुनाब जितिएको खुसिमा पस्किएको हुँ यस्ता घटना घरै पिच्छे छन अब चुनाब जितेपछी बितेका २० / २१ महिनामा झैं सरकारले अरु छलाङ मार्नेछ थवाङ्केहरुका घरका ढुकुटीमा बास्मती धान र रहर मुसुरोको दाल्ले अटेस , मटेस हुनेछ भने हरेक्का आँगन्मा टोयोटा ब्रान्डको मर्सिटिज र प्राडो हुनेछन अनि बिहान बेल्का सररर तिनैको प्रयोग गरि थवाङ्गे जनता मेलापात घाँसदाउरा गर्नेछन , अरु कती बिकास हुन पर्यो ! चुप लागेर नेकपालाइ जिताउ थवाङ्गेहरुहो , धन्यबाद ।
स्मरण रहोस : आज रोल्पा थबाङको वडा नं १ मा १२८४ मतदाता भएको ठाउँमा २०९ जनाले मतदान गरेर नेकपाका उम्मेदवार १७४ मत ल्याएर विजयी भएका छन् । बाँकी १०७५ किन भोट हाल्न गएनन् ?
यसतर्फ कस्ले र कहिले सोच्ने ?
चरम बिकास र सम्मृद्दिलाइ सल्युट अनि नेकपालाइ बधाइ
जयदेस , जय चन्द्र सुर्य
जय स्वाभिमान !!

प्रतिक्रिया दिनुहोस