olux

सडक अलपत्र पारेको भन्दै दोलखामा शङ्ख फुकेर बिरोध

दोलखा :-   दोलखा जोड्ने मुख्य राजमार्ग अरनिको राजमार्गअन्तर्गत लामोसाघु चरिकोट सडक अलपत्र पारेको भन्दै सदरमुकाम चरिकोटका स्थानीयहरुले शङ्ख फुकेर विरोध जनाएका छन्।

निर्माण कम्पनीले सडक अलपत्र पारेपछि दबाबस्वरुप फरक-फरक तरिकाले दबाब दिँदै आएका स्थनियहरुले शनिबार भने शङ्ख फुकेर बिरोध जनाएका हुन।

केही दिन अगाडि निर्माण ब्यवसायी दीपक सापकोटाको फोटो ब्यानर बनाएर टाँसेर दबाब अभियानको सुरुवात गरेका थिए। ‘तपाईँ मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेकेदार मै हुँ’ भनेर प्रश्न गरेको ब्यानर बनाएर सार्बजनिक यातायात तथा चोक चोकमा निर्माण व्यवसायी सापकोटाको फोटोसहित टासेर दबाब दिन सुरु गरेका थिए।

कहिले मानव साङ्लो बनाएर कहिले सिठ्ठी जुलुस गरेर बिरोध गर्दै आएका स्थानीय हरु ले शनिबार भने शङ्ख फुकेर बिरोध गरेका हुन।

निरन्तर खबरदारीको अभियानलार्इ सामान्य रुपमा नलिन स्थानिय सरकार र प्रशासनलाइ नागरिक अगुवा चिरञ्जीवी मास्केले चेतावनी दिए। ४ घण्टा लाग्ने बाटोमा १० घण्टा लाग्ने हुदा पनि चुप बसेको भन्दै राजनीतिक दलका प्रमुखलगायत सरकारमा रहेका ब्यक्तिहरुलाई पनि जिल्ला आउन रोक लगाउने नागरिक अगुवा दिपशङकर चौलागाईंले बताए।

दुइवटा डोजरले काम गरे जस्तो देखाएर निर्माण कम्पनीले स्थानीयको आखामा छारो हाल्ने काम गरेको भन्दै छिटो भन्दा छिटो काम आगाडी नबढाए थप सङघर्षका कार्यक्रम अघि बढाउने नागरिक अगुवा रमेश खतिवडाले बताए।

दुई चरणमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो चरणको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ। पहिलो चरण खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर र दोस्रो चरण मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ।

पहिलो चरणको काम रु ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको छ। पहिलो चरणअन्तर्गत खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडकमध्ये १२ किलोमिटर सडक कालोपत्र भइसकेको लामोसाँघु–जिरी सडक बिस्तार आयोजनाले जनाएको छ।

दोस्रो चरणको मुडेबाट चरिकोटसम्मको ३० किलोमिटरका लागि भारतीय कम्पनी सकिल हैदरसँगको साझेदारीमा शङ्करमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्काको जिम्मा पाएका हुन्। रु ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ।

प्रतिक्रिया दिनुहोस