सामाजिक सञ्जालमा प्याजे गफ 

मिलन तिमिल्सिना- खेतबारीमा काम गर्न छाडेर कोर्सबुक पल्टाउन बसेको मान्छे फेसबुकमा भुल्न थालेपछि प्याजको मात्रै होइन गुन्द्रुकको पनि भाउ बढ्छ । गर्ने हात कम, खाने मुख धेरै भएपछि हुने यही हो । अर्थशास्त्रको सामान्य नियम । अल्छी तिघ्रो, स्वादे जिब्रोको परिणाम !

खेतबारीमा पस्न अल्छी गर्ने, अनि जिब्रोले चाहिँ मिठो मिठो खोज्न थालेपछि प्याज पनि बढ्छ, ब्याज पनि बढ्छ, स्याज पनि बढ्छ । साउ पनि बढ्छ, भाउ पनि बढ्छ । धन्न अहिले दुई, तीनसय रुपैयाँ तिरेर भए पनि प्याज सुंघ्न पाइएको छ । यस्तै हुने हो भने हजार रुपैयाँ तिर्छु भन्दा पनि एउटा डल्लो प्याज नपाइने स्थिति आउँछ ।

यति जाबो कुरा तपाईंलाई पनि थाहा छ, मलाई पनि । तर थाहा हुँदाहुँदै पनि हामी फेसबुकमा प्याजे गफ छाँटेर बसेका छौं । पहिले प्याज काट्दा आँसु आउँथ्यो, अहिले प्याज किन्दा आँसु आउँछ भन्ने पाराका गफ त डेटस्पायर नै भैसक्यो । प्याजको भाउले आकाश नै नाघ्न थालेपछि त झन् अरु नानाभाँतीका प्याजे रोइलो, गफ र उट्पट्याङ कुरा उसैगरी छ्याप्छ्याप्छी हुन थालेको छ ।

कसैले तास खेल्दा नोटको सट्टा प्याजको बोट नै राख्न थाले । साँच्चै प्याज नै राखेर खेलेका हुन् कि त्यत्तिकै, जे भए पनि फोटो आइसक्यो । कतिले प्याजको बोरा नै अँगालो हालेर सुत्न थाले । कति त प्याजको गहना लगाएर मस्किए । कसैले प्याज किनेर बैंकमा थन्काए । फेसबुकमा देखिएका यी तस्बिरमा सत्यता कति छ भन्ने पत्तो नभए पनि भारतमा चोरले पैसा छाडेर लसुन, प्याज चोरेको चाहिँ सत्य हो ।

केहीकेही भएकै कुरा, धेरै उट्पट्याङ गफ । जे भए पनि प्याजको भाउ बढेपछि मान्छेका दिमाग फुरेको छ । नयाँ पुस्ताका बाहुन ठिटाठिटीले त बिर्सिसकेका पुर्खालाई पनि सम्झन थालेका छन् । बाहुन ठिटाठिटीका प्याजे गफ चाहिँ यस्ता छन् स्

‘आफू त ओर्जिनल बाउनको बुहारी परियो, लसुन प्याजको भाउ बढेको पनि फेसबुक हेरेर थाहा पाइन्छ ।’

‘पुर्खाले भविष्यको त राम्रै अनुमान गरेका हुन् के
बाहुन बाठा हुन्छन् भनेको त्यसै होइन रैछ ।

हाम्रा बाउ बाजेले किन प्याज खाँदैनथे, किल्लोर भयो होला नि ?’

‘बाहुनले च्याउ खाओस, न च्याउको बात जानोस
बाहुनले प्याज खाओस न प्याजको भाउ जानोस
संसारका ब्राम्हणहरु एक हौं, पूर्खाको सपना साकार पारौं ।’

‘प्याजको भाउ बढोस् कि मासुको
बाल मतलब भएन
बस गाईले चाहिँ मुत्न छोड्नु भएन ।’

अनि प्याज बोकेर हिँड्दा शान बढेको, घरमा झ्वाईंय प्याज फुराउँदा फूर्ति बढेको र बढी भएको प्याज बैंकमा लगेर थन्क्याएको गफ पनि ओइरिरहेको छ ।
एउटाको घरमा आमा छोराबीच संवाद भएछः

‘डियर केटीहरु,
प्याजको भाउ बढेझैैं भाउ नबढाउ
बजारमा प्याज नबिकेर बसेझैं बस्नुपर्ला ।’

‘प्याजको भाउ त के हो र
त्योभन्दा छिटो तिम्रो बढेछ ।’

‘चिन्ता छ यहाँ सिमानाको
तिमी प्याज प्याज भन्छ्यौ…..’

साभार: मिलन तिमिल्सिना,उज्यालो अनलाईन

प्रतिक्रिया दिनुहोस