पोखराका दुई स्थानमा विष्फोट, मतदाता त्रसित

पोखरा :-   पोखरा महानगरपालिकाको वडा मन्बर १६स्थित रहेको शान्ती माबी मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । विष्फोटपछि मतदातामा त्रास छाएको छ ।

केन्द्र परिसर नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । यो केन्द्रमा समाजवादी उमेदवार ईन्जिनियर धर्मराज गुरुङले मतदान गर्नेछन् । यद्यपि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उक्त विष्फोट गराउने समूह, ब्यक्तिको खोजी कार्य जारी रहेको बताएको छ ।
विष्फोटामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बम विष्फोटपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ ।

वडा नं ९ को नवप्रभात मावी केन्द्र परिसरमा पनि बिस्फोट भएको छ ।

प्रतिक्रिया दिनुहोस