मतदाता मतदान गर्न अातुर, बिहानै लाईनमा

दाङ :-  दाङको दुई स्थानमा उपनिर्वाचनका लागि अहिले मतदान भैरहेको छ । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेससभा २ मा प्रदेससभा सदस्य र घोराही उपमहानगरपालिका १६ मा वडा अध्यक्ष पदका लागि उप निर्वाचन भएको हो ।

बिहान ७ बजे देखी जारी मतदान प्रकृया बेलुका ५ बजे सम्म चल्ने छ । प्रदेससभा सदस्यलाई निर्वाचित गराउन ६८ हजार ७ सय १९ जनाले मतदान गर्ने छन भने घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जनाले भोट हाल्ने छन् ।निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सहज गराउन साढे सात सय कर्मचारी र २ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । प्रदेससभा सदस्य तर्फ १२ राजनितिक दल र २ स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धामा छन् भने घोराही १६ मा ५ राजनितिक दल र २ स्वतन्त्र गरी ७ जनाले वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका छन् ।

मुख्य निर्वाचन कार्यालयले ढुक्क भएर सबैलाई मतदानमा सहभागि हुन आग्रह गरेको छ । दुई स्थानमा ३४ मतदान स्थल र ८२ केन्द्रमा बिहानै देखी मतदाताहरुको लाईन अत्यधिक रहेको छ ।।

प्रतिक्रिया दिनुहोस