अर्घाखाँची बस दुर्घटनाको छानबिन समिती गठन

अर्घाखाँची :- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर-६, नरपानीमा भएको बस दुर्घटनाको छानविन समिति गठन गरिएको छ ।

गत बुधबार लु२ख २१४८ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए भने १५ जना भन्दा बढी घाइते भएका थिए । बस दुर्घटना र समग्र जिल्लाको यातायात व्यवस्था सुधार सम्बन्धी शुक्रबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सर्बपक्षिय बैठक गरेको हो ।

बैठकले दुर्घटनाको कारण पत्ता लगाउन र समाधानका उपायहरु खेज्न सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिती गठन गरेको छ ।

जसले १५ दिन भित्रमा प्रतिबेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले सडक स्तरोन्नति र सुधारको लागि ३ तहका सरकार र सम्बन्धित निकायहरुमा पत्राचार गर्ने, सडकको भारबहन क्षमता अनुसार मालबाहक गाडीहरुलाई रुट प्रमिट दिन यातायात कार्यालयलाई अनुरोध गर्ने, बैकल्पिक बाटोको प्रयोग गर्ने जस्ता महत्वपुर्णलगायतका निर्णय गरेको छ ।

बैठकमा प्रदेश सांसद राजजी प्रसाद घिमिरे,जिल्ला समन्वय का प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरप्रमुख कमल भुसाल,उपप्रमुख ठाकुर कुमार बिक, बिभिन्न राजनितिक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख,ट्राफिक प्रहरी,उद्योगी,व्यवसायी,पत्रकार,यातायात व्यवसायीलगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस