भूमि अतिक्रमण गरी बनाइएका भारतीयको टहरा भत्काईयो,भारतीय प्रहरीको पनि सहयोग

सुनसरी :-   सुनसरीको दक्षिणी क्षेत्रमा पर्ने नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले निर्माण गरेका घर टहरालाई सशस्त्र प्रहरीले भत्काउन सुरु गरेको छ ।

सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले देवानगन्ज गायँपालिकाको नेपाली भुमि अतिक्रमण गरी बनाइएका २१ घर टहरा भत्काएको हो ।

भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएको विषयमा संचारमाध्यमबाट समाचार प्रकासित भएपछी सशस्त्र प्रहरीले अतिक्रमणमा परेको नेपाली भुमिको सुरक्षा गर्न थालेको हो ।

देवानगन्ज गाउँपालिका र भारत विहार राज्यको अररिया जिल्लाको सोनापुरको विचमा पर्ने १८६ नम्बर मूख्य सीमा स्तम्भ छेउमा भारतीय नागरिकले टहरा निर्माण गरेका थिए ।

भारतिय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा भारतियका घरटहरा भत्काईएको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

भारतिय नागरिकले नेपाली भुमि अतिक्रमण गरी घरटहरा बनाई बस्ती बसाएका कारण सुनसरीमा २३ सीमा स्तम्भ हराएका छन् ।

प्रतिक्रिया दिनुहोस