प्रदेश १ का सबै मन्त्री ऋणमा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा देखिएका छन् ।

गत वर्ष मन्त्रीहरुको सम्पति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यसपालि सार्वजनिक गरेको छ । गतवर्षजस्तै यो वर्ष पनि चारै जना मन्त्रीले आफूहरु ऋणमा रहेको देखाएका हुन् ।

प्रदेश सरकारको ढुकुटी सञ्चालन गर्ने आर्थिक मामिला तथा योजनामन्त्री  आङ्बो  २ करोड ७१ लाख ऋणमा छन् ।

उनले नेपाल इन्भेष्टमेण्ट बैंकाट २ करोड ५१ लाख र कुमारी बैंकबाट २० लाख रुपैयाँ व्यवसायका लागि ल्ऋिण लिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस