उपनिर्वाचनलाई लक्षित गर्दै एनप्यावसनमा आबद्ध विद्यालय बन्द हुने

दाङ :-   उपनिर्वाचनलाई लक्षित गरि एनप्यावसन तुलसीपुर उपमहानगरले विद्यालय बन्द गर्ने जनाएको छ । शुक्रबार दाङ क्षेत्र नं. ३(२) मा पर्ने तुलसीपुर उपमहानगरपालिकाका चारवटा वडाका विद्यालय बन्द हुने भएका हुन् ।

निर्वाचनलाई सभ्य र शान्तिपूर्ण बनाउनकालागि तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, १० र ११ का एनप्यावसनमा आबद्ध सबै विद्यालय बन्द गर्ने निर्णय भएको अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस